२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाका १० कैदीबन्दीलाई कोरोना संक्रमण

अ+ अ-

बनीयानी । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा आज थपिएका १४ जना सङ्क्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए ।

‘काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो’, उनले भने, ‘ती बन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ ।’ २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

उपचारका लागि सङक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । सङ्क्रमित बन्दी भएकाले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । कारागारमा कोरोना सङ्क्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।

आज बिर्तामोड नगरपालिका वडा नं ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना सङक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोनो सङक्रमितको सङ्ख्या ८३६ पुगेको छ । निको हुनेको सङ्ख्या ७५७ जना रहेको छ । सक्रिय सङ्क्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।