२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका सबै विमानस्थलमा नियमित उडान हुन्छ : पर्यटन मन्त्री भट्टराई

अ+ अ-

डडेल्धुरा । सुदूरपश्चिमका सबै विमानस्थलमा नियमित उडान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि शनिबार डोटी पुगेका मन्त्री भट्टराईले सुरूमा धनगढीबाट नियमित उडान भएपनि चाँडै काठमाडौँबाट पनि सुदूरपश्चिमका सबै विमानस्थलमा नियमित उडान सुरू गर्ने बताएका हुन्।

अझै दिपायल विमानस्थलको स्तरोउन्नती गर्न बाँकी रहेको बताउँदै उनले रनवे अझै बढाउनु पर्ने महसुस गरेकोले के कती जग्गा प्रयोगमा आउँछ त्यसको बारेमा चाँडै अध्ययन गरि अगाडि बढाउने बताए।

‘लामो समयदेखि सुदूरपश्चिमका विमानस्थल बन्द अवस्थामा थिए । अब चाँडै नियमित रूपमा संचालनमा आउँछ । सुदूरपश्चिम पर्यटकीय हिसाबले पनि रमणिय ठाउँ हो,’ उनले भने, ‘तर, सरकारले पहिलेदेखिनै यस क्षेत्रलाई प्राथमिकता नदिँदा पछाडि पर्यो। अब नेकपाको सरकार आइसकेकोले हामी सुदूरपश्चिमको विकासका लागि लागि परेका छौँ।’

उनले लामो समयदेखि यहाँका विमानस्थलहरू सञ्चालनमा नआउँदा आफू चिन्तित रहेको बताए । प्राकृतिक रूपमा पनि सुन्दर रहेको डोटी सुदूरपश्चिमको राजधानी बन्न नसकेपनि नियमित रूपमा उडान थालेपछि राजधानीबाट टाढा नहुने उनको भनाइ छ।

‘सुदूरपश्चिम र कर्णाली प्रदेश सामाजिक र आर्थिक रूपमा पछाडि परेको आभास हुन्छ। हम्रा लाखौँ दाजुभाइ विदेश जान बाध्य छन्। सधै यस्तो अबस्था आउनु हुँदैन। यस क्षेत्रमा सबै कुरा छ।’ उनले भने।

आले विकासको पर्यावाची नाम हो

दिपायल विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चाल तथा स्तरोउन्तीका लागि डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम आले मगरको महत्वपूर्ण भूमिका रहेको बताए।

उनले आलेलाई जिल्लामा कुन नामले चिन्छन् भन्ने थाहा नभएको तर, काठमाडौँमा विकासबादी नेताका रूपमा चिन्ने गरेको बताए। आले भनेको विकासको पर्यावाची नाम भएको उनको भनाइ थियो।

डोटीलाई सुदूरपश्चिमको राजधानी बनाउन पनि आलेले धेरै प्रयास गरेको उनको भनाइ छ।