२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा घरेलुबाट चार हजारलाई रोजगारी

अ+ अ-

भोजपुर । भोजपुर जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । उद्योग दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएसँगै चार हजार बढीले रोजगारीसमेत पाएका छन् ।

सरकारको तर्फबाट कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसँगै व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हालसम्म दुई हजार १४७ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष मात्र ३३४ वटा उद्योग तथा फार्म दर्ता भएका छन् भने वाणिज्यतर्फ ४१७ फार्म दर्ता भएको कार्यालयको भनाइ छ ।

विभिन्न खाले उद्योगबाट दुई हजार २६९ जना पुरुष र एक हजार ८९१ महिला गरी जम्मा चार हजार १६० जनाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख प्रेम बुढाथोकीले जानकारी दिए । समुदायस्तरमा विभिन्न खोल तालिमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्योग तथा फार्म दर्ता गरेर व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय जिल्लामा उद्योग व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ, व्यवसाय गरेर धेरै जना स्वरोजगारसमेत बनेका छन् ।’

कार्यालयका अनुसार दर्ता भएका फार्ममध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य रहेको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षमा निजी फार्म ३२६, साझेदारी फार्म छ र दुईवटा कम्पनी दर्ता भएका छन् । जसमा घरेलु उद्योग दुई, साना उद्योग ५५ र लघुउद्यम २७७ रहेका छन् । दर्ता भएका मध्ये उत्पादनमूलक छ, सेवामूलक ४३, कृषि तथा पशुजन्य २८१, निर्माणका चार रहेका छन् । सबैखाले उद्योगमा पुरुष २६६ र महिला ७२ गरी ३३८ जना उद्यमी संलग्न रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा उद्योगमा रु १९ करोड ५३ लाख ८५ हजार बराबर लगानी भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा धातुकलासम्बन्धी, कृषि तथा पशुपालन, पर्यटनसँग सम्बन्धित, मौरीपालनसम्बन्धी, फलफूल खेती तथा प्रशोधन, राडीपाखी तथा ऊनजन्य, ढाका तयारी पोशाक, खुकुरी तथा कृषि औजारसम्बन्धी उद्योग बढी मात्रामा सञ्चालनमा रहेका छन् । कार्यालयले उद्यमशीलता विकासतर्फ, ढाका बुनाइ, बाँसको फर्निचर बनाउने तालिम, हाउस वायरिङ, बेकरीसम्बन्धी तालिम, पशुपालनसम्बन्धी तालिम, कुक तालिमलगायत गरी आठवटा तालिम सञ्चालन गरेको जनाएको छ । जसबाट १६३ जना लाभान्वित भएका छन् ।

त्यस्तै कार्यालयले १०६ जना लघु घरेलु तथा साना उद्यमीलाई उपयुक्त प्रविधिअन्तर्गत माग आवश्यकता र सम्भाव्यताको आधारमा हातेमिल, मिनी ट्रिलर, ब्रस कटर, चाफ कटर, डिफ्रिज, ग्राइन्डर मेसिनलगायतका औजार हस्तान्तरण गर्दै आएको छ । कार्यालयले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमतर्फ जिल्लाका नौवटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यालयले ग्रामीण विकासका लागि मितेरी नेपाल भोजपुर र सामुदायिक विकास तथा परिवर्तन केन्द्र, धनकुटाको सहकार्यमा करिब रु ८८ लाख बराबरको कार्यक्रम सञ्चालन गरेको हो ।

जुन कार्यक्रमबाट जिल्लाभर १८३ महिला र १३६ पुरुष गरी ३१९ जना लाभान्वित भएका छन् । कार्यालयले प्रदान गरिने सेवा, उद्योग दर्ता तथा सञ्चालन गर्दा आवश्यक पर्ने कागजात, विवरण र ढाँचा, उद्योग गर्दाको प्रक्रियालगायत विषयमा जानकारी दिएसँगै स्थानीय उत्साहित भएको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्ष पूँजीगततर्फ करिब ९३ प्रतिशत तथा समग्रमा करिब ६५ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ ।