काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ५२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७५ हजार ८ सय ४ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ ।







