११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकमको आकर्षक फेस्टिभल अफर : फेसबुक र युट्युव अनलिमिटेड चलाउन मिल्ने

अ+ अ-

काठमाडौँ। नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक फेष्टिभल अफर ल्याएको छ । चाडबाडको बेला युट्युव र फेसबुक अनलिमिटेड चलाउन मिल्ने गरी नयाँ आकर्षक अफर ल्याएको हो ।

कम्पनीको मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध विभिन्न प्याकेजलाई थप परिमार्जन गरी बिहीबारदेखि तीन महिनासम्म लागू हुने गरी अटम अफर ल्याइएको छ । जसअन्तर्गत नयाँ प्याकेजको रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यसमा तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै रुपमा उपलब्ध हुने जनाइएको छ ।

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ रुपैयाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने गरी एक जिबी डेटाको एड अन प्याक समेत खरिद गर्न सकिनेछ । यसअघि ४० रुपैयाँमा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट टकटाइम पाइनेछ ।

साथै १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत रहनेछन् ।यसअघि ‘वान डे डेटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध हुने गरेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी ‘थ्री डे डाटा प्याक’ अन्तर्गत ६० रुपैयाँमा ४०० एमबी उपलब्ध हुने गरेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ । वान डे डेटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोलुम पनि पहिलेभन्दा बढाइएको छ ।

यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डेटा उपलब्ध हुने गरेकोमा अब १२० एमबी र १५ रुपैयाँमा २५० एमबी डेटा पाउन सकिनेछ । यसैगरी टेलिकमले घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ पनि ल्याएको छ ।

जसअन्तर्गत दशैँ तिहार र छठ पर्वलाई समेत समेटेर जीएसएम तथा सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ । यसमा रिचार्ज कार्डबाट ५० को रिचार्ज वा एमपोसबाट २० देखि ५० सम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न सकिने गरी पाँच मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० को रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न मिल्ने गरी थप १० मिनेट बोनस टकटाइम प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २०० रुपैयाँको वा एमपोसबाट १०१ देखि २०० रुपैयाँको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न सकिने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ ।

एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न मिल्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ । यसैगरी, रिचार्ज कार्डबाट ५०० रुपैयाँको वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ ।
साथै, रिचार्ज कार्डबाट १००० रुपैयाँ वा एमपोसबाट १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिन प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस टकटाइम प्राप्त हुनेछ । यसका साथै मिति २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डेटा एक पटकका लागि निःशुल्क प्राप्त हुनेछ ।

यसैगरी स्टार ४४४ ह्याच डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ । यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

यो प्याक लिनका लागि अब सम्बन्धित निकायको सिफारिश समेत आवश्यक पर्नेछैन । टेलिकमका प्रयोगकर्ताले स्टार१४१५ह्याच डायल गरी विभिन्न प्याकेज खरिद गर्न सक्नेछन् ।
साथै टेलिकमको मोबाइल एपबाट समेत प्याकेजहरु खरिद गर्न सकिने छ । साथै कम्पनीको एप तथा वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी पनि लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस