१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगमा कोरोना सङ्क्रमण, नतिजा प्रकाशनलगायत महत्त्वपूर्ण तीन शाखा सिल

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीन महत्त्वपूर्ण शाखाहरू सिल गरिएको छ ।

लोक सेवा परीक्षा सञ्चालन गर्ने आयोगकै तीन महत्त्वपूर्ण शाखाहरू सूचना(विज्ञापन) तथा प्रकाशन शाखा, लिखित नतिजा प्रकाशन(प्राविधिक र अप्राविधिक) दुवै शाखाका गरी चार कर्मचारीलाई कोरोना सङ्क्रमण भएसँगै ती शाखाहरू निसंक्रमित गरेर सिल गरिएको आयोग स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार सूचना तथा प्रकाशन शाखाका दुई र लिखित नतिजा प्रकाशनतर्फ प्राविधिक र अप्राविधिक दुवै शाखाका एक–एक जना गरी जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

कर्मचारीलाई कोरोना देखिएपछि तीन वटै शाखाका गरी करिब १८-२० जना कर्मचारीलाई १५ दिनका लागि घरमै बस्न भनिएको छ । यी तीनै शाखा आयोगका सबैभन्दा धेरै मोविलिटी हुने शाखा हुन् ।

सुरक्षा उपाय अपनाएरै सीमित कर्मचारीका बिच कार्यालयभित्रै काम गर्दा पनि कर्मचारी सङ्क्रमित हुन पुगेको अवस्थामा सयौँको सङ्ख्यामा परीक्षा सञ्चालन गर्दा थप उच्च जोखिम हुने देखिन्छ ।

आयोगले बुधवार मात्रै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन गरेको थियो भने कोरोनाका कारण स्थगित भएका परीक्षाहरुको समयतालिकासमेत तोकेको थियो । यससँगै आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ ल्याएको थियो ।

सम्बन्धित समाचार : सहसचिव र उपसचिवका लागि विज्ञापन खुल्यो

सम्बन्धित समाचार : कोरोना संक्रमण भएकै अवस्थामा परीक्षार्थीले लोक सेवाको परीक्षा दिन नपाउने (मापदण्डसहित)

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेसँगै आयोगले परीक्षा कार्यक्रमहरुलाई अगाडी बढाएको थियो ।

सम्बन्धित समाचार : लोक सेवा खुलाउने सामान्यको प्रस्ताव मन्त्रिपरिषदमा

सम्बन्धित समाचार : लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय

मापदण्डसहित नयाँ परीक्षा तालिका सार्वजनिक भएसँगै कोभिड–१९ को संक्रमणका कारण आयोगले प्रकाशित गरेको विभिन्न तहका संशोधित परीक्षा तालिका बमोजिम परीक्षा सञ्चालन गर्न उपयुक्त र सान्दर्भिक नभएको भन्दै केही परीक्षार्थिहरुले राज्य व्यवस्थासमितिको ध्यानाकर्षण गराएका थिए भने सर्वोच्च अदालतमा समेत रिट परेको थियो ।

सम्बन्धित समाचार : लोक सेवा परीक्षा रोक्न समितिको ध्यानाकर्षण

बिहीबार मात्रै कोभिड सङ्क्रमितलाई लोक सेवाको परीक्षाबाट वञ्चित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । कोभिड-१९ सङ्क्रमितले परीक्षामा सहभागी हुन नपाउने भन्ने लोक सेवा आयोगका स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरी परीक्षार्थी परीक्षामा सहभागी हुने वातावरण बनाउन आदेश जारी भएको थियो ।

सम्बन्धित समाचार : कोभिड सङ्क्रमितलाई लोक सेवाको परीक्षाबाट बञ्‍चित नगर्न सर्वोच्चको अन्तरिम आदेश

देशव्यापीरुपमा कोरोना सङ्क्रमण कायमै रहेको र उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा परीक्षा सञ्चालन गर्दा थप जोखिम हुने खतरा बढेर गएको छ ।

सरकारले नै सङ्क्रमितलाई बाहिर ननिस्किई होम आइसोलेसनमै बस्न भनेको छ ।

आउँदो सोमबार आयोगको बैठक बस्दै छ । बैठकमा परीक्षा सञ्चालन तथा सर्वोच्च अदालतको निर्णयलगायत विषयमानसमेत छलफल हुँदै छ ।

लिखित नतिजा प्रकाशन शाखाकै कर्मचारी सङ्क्रमित भएसँगै उपसचिवको लिखित परीक्षाको नतिजा केही ढिलाइ हुने देखिएको छ । चालू आर्थिक वर्षको विज्ञापन भइसक्दासमेत गत आर्थिक वर्षको नै नतिजा प्रकाशित नहुँदा परीक्षार्थिहरुमा नै अन्यौलता छाएको छ । ढिलाइ आयोगका कारण नभई विश्वव्यापीकरण फैलिएको कोरोना सङ्क्रमणका कारण ढिलाइ हुन गएको हो ।

प्रतिक्रिया दिनुहोस