२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाह न्यूनीकरण अभियानमा प्रदेश प्रहरी

अ+ अ-

तुलसीपुुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ । पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न आजदेखि १५ दिने बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

‘उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन तर विभिन्न कारणबाट उमेर नपुग्दै विवाह गर्ने गरेको पाइन्छ’, उनले भने ‘यसबाट शारीरिक र मानसिक रोगको सिकार हुने, घरेलु हिंसामा वृद्धि हुने, विवाहपछि पढाइ बिग्रने, विभिन्न पारिवारिक, सामाजिक, आर्थिक असर परी कानूनको उल्लङ्घन हुनुका साथै विभिन्न अपराधसमेत सिर्जना हुनसक्ने जोखिम बढेको छ ।’

प्रदेशका १२ जिल्लाका सबै प्रहरी कार्यालयले लक्षित वर्गसम्म पुगी बालविवाह निरुत्साहन तथा नियन्त्रण गर्न, कानून कार्यान्वयन प्रभावकारी बनाउन, आम जनता, स्थानीय तहहरु, सञ्चारमाध्यम, नागरिक समाजलगायत सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्यक्रम चलाउने उनले जानकारी दिए ।

उनका अनुसार अभियानले बालविवाह गैरकानूनी कार्य हो भनी जनचेतना अभिवृद्धि गर्ने, बालविवाह गराउनेलाई कानूनी कारवाही गर्ने, बालविवाह विरुद्ध प्रहरी अभियानको सहकार्यमा अभिवृद्धि गर्नेलगायतका उद्देश्य लिएर कार्यक्रम शुरु गरिएको हो ।

अभियान कात्तिक १४ गतेदेखि कात्तिक २८ गतेसम्म चल्ने छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-११ मा विवाहसम्बन्धी कसुरमा बालविवाह भएमा विवाह स्वतः बदर हुने तथा कसुर गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवानासमेत तोकिएको छ ।

लुम्बिनी प्रदेशमा पछिल्लो तीन आर्थिक वर्षमा ४९ बालविवाहका घटना प्रहरीसमक्ष पुगेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा नौ, ०७५/०७६ मा २२ र ०७४/०७५ मा १८ बालविवाह भएका मुद्दा प्रहरीसमक्ष आएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार प्रदेशभर सबैभन्दा धेरै वालविवाह गर्नेमा १६ वर्षमुनिका रहेका छन ।