२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

अ+ अ-

सिमकोट । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ ।

कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका लागि भन्दै फेरि जिल्लाबाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो ।

लामो समयको बन्दाबन्दीपछि अनलाइन माध्यमबाट पढाइ र परीक्षा हुन थालेपछि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घर पुगेका विद्यार्थीहरु दशैँ सकिएलगत्तै बाहिरिन थालेका हु्न । जिल्लाबाहिर जानेको सङ्ख्या दैनिक बढ्दै गएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । दैनिक ५० जनाभन्दा बढी यात्रु जिल्लाबाहिर गहिरहेको जनाइएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट बिहानदेखि बेलुकासम्म आफ्नो उडान भर्दै आएका निजी हवाईजहाजहरुले एक महिना यतादेखि विमानस्थलको स्तरोन्नति कार्य भइरहेकाले बिहान ६ बजेदेखि १० सम्म मात्रै उडान भर्ने हुँदा यात्रुलाई टिकट पाउन समस्या निम्तिन थालेको छ । सिमकोट विमानस्थलको गेटमा दैनिक जिल्लाबाहिर जाने यात्रुको भिड लाग्न थालेको छ ।