१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोबजारी गर्ने सेन्ट्रल मललाई २ लाख जरिवाना

अ+ अ-

मोरङ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार रु दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार गरी उपभोक्तालाई भाइमसला काजुमा १११ प्रतिशत मुनाफा राखी बिक्री वितरणको गरेको थियो । कानूनअनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।

कार्यालयले अनुगमनका क्रममा मलले तिहारमा प्रयोग हुने भाइमसला काजु बजारबाट रु एक हजार १६५ प्रतिकेजी खरिद गरी रु दुई हजार २५० दरले बिक्री वितरण गरेको फेला पारेको थियो । मलले अत्यधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका उनले बताए । मलका व्यवस्थापक गिरिश राठीले थोक बिक्रेताबाट काजु प्रतिकेजी रु एक हजार ८०० मा खरिद गरेकामा सोअनुसार बिलविजक प्राप्त नभएको बताए ।

प्रतिक्रिया दिनुहोस