२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु

अ+ अ-

जेरुसलेम । इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ ।

इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् ।

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन् ।

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल-शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ ।

एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको थियो ।

घाइते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन ।