२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छ : अर्थमन्त्री

अ+ अ-

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन्। सैनामैनामा आज भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए । सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणकोे काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उनले व्यक्त गरे ।

लामीरह उच्चबाँध निर्माण आयोजना सैनामैनाको मात्र नभई प्रदेशकै गौरवको आयोजना भएको र यसले सैनामैनामा सिँचाइ र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उनले बताए । मन्त्री पौडेलले भने, ‘तीनै तहका सरकारको संयुक्त प्रयासमा यस क्षेत्रमा रहेका भौतिक पूर्वाधारलगायत अन्य ठूला तथा साना आयोजनाका काम सम्पन्न गरी सैनामैनालाई कङ्क्रिटको नभई व्यवस्थित शहरका रुपमा विकास गछौँ ‘

अर्थमन्त्री पौडेलले सैनामैना-१ स्थित ऐतिहासिकस्थल रानीकुवाको नजीकै विशेष गरी गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक वस्तुको सङ्ग्रह गर्ने आधुनिक व्यवस्थित सङ्ग्रहालयको निर्माण प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए ।

उनले बुटवल–चन्द्रौटा हुँदै धानखोलासम्मको सडक निर्माणका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउँदै सो आयोजना र सैनामैना चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्ने विश्वास व्यक्त गरे ।

सैनामैना पर्रोहा परमेश्वर मावि र पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने आश्वासन दिए । उनले सैनामैना-१ रानीवगियास्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको जनाउँदै शैक्षिक गुणस्तरमा भने कसैसँग सम्झौता नगर्न विद्यालयलाई सुझाव दिए । आजै वडा नं ४ मा रहेको पर्रोहा माविको भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पर्रोहा परमेश्वर मावि आठकोठे र पर्रोहा मावि १६ कोठे छ ।

अर्थमन्त्री पौडेलकै पहलमा सैनामैनामा विद्यालयका लागि नयाँ भवन निर्माण गरिएको सैनामैना पर्रोहा परमेश्वर माविका प्रधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिए । ‘विद्यालय यो अवस्थामा आउन अर्थमन्त्री पौडेलको ठूलो देन छ’, उनले भने ।