२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धेरै सम्भावनाका बीचमा छ ‘रुवीभ्याली’ : मन्त्री दुलाल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मानव विकासको सूचकाङ्कमा प्रदेशमै सबैभन्दा पछाडि परेको धादिङको रुवीभ्याली गाउँपालिकाको स्थलगत अवलोकन तथा भ्रमण गरेका छन् ।

उनले प्रदेश सरकारले शुरु गरेको एकीकृत विकास कार्यक्रमलाई अझ बढी फलदायी बनाउन ती गाउँपालिकाको स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री दुलालले नामले निकै आकर्षक लाग्ने रुवीभ्याली आधुनिक समाजका सबै सेवा सुविधाबाट बञ्चित रहेको बताए । ‘यातायात छैन, उपचारका लागि चिकित्सकीय सेवा छैन, १० कक्षाभन्दा माथि पढ्ने शैक्षिक संस्था छैन, सिँचाइको सुविधा छैन’, उनले भने, ‘धेरै सम्भावनाहरुका बीचमा छैनले घेरिएको छ रुवीभ्याली ।’

वाग्मती प्रदेशका ११९ स्थानीय तहमध्ये अति दुर्गम, सडक सुविधाविहीन र मानव विकास सूचकाङ्कमा पछाडि परेको स्थानीय तह हो, रुवीभ्याली । गणेश हिमालको काखमा अवस्थित यो क्षेत्र बहुमूल्य पत्थर रूवी, क्वार्टज, दुर्लभ कस्तुरी, रेडपाण्डा, प्राकृतिक तातोपानी, कालो कुण्ड, सेतो कुण्डलगायत प्राकृतिक सम्पदा रहेको पर्यटनको अपार सम्भावना बोकेको पूर्णजैविक कृषि व्यवस्था रहेको गाउँपालिका हो ।

तामाङ, गुरुङ, घले र थोरै सङ्ख्यामा विश्वकर्मा समुदायको बसोबास रहेको यो गाउँपालिकामा प्रदेश सरकारले एकीकृत विकास कार्यक्रम अघि बढाएको छ । ‘हामी चाँडै नै प्रतिवेदन तयार पारी सम्बन्धित ठाउँमा बुझाउँछौँ’, मन्त्री दुलालले भने ।