१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ घटनाका दोषीलाई कानूनी कारवाही गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काका आधारमा स्वेच्छाचारीरुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या-हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका-१ मा यही मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरेको हो ।

आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी मेची–कोशी ब्यूरोको प्रेस वक्तव्यअनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिएको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्ना राजनीतिक विचार अभिव्यक्त गर्ने, बिना हातहतियार भेला हुने, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने तथा असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस