२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरबेटीका छिमेकी !

अ+ अ-

नगरपालिकाको शाखा सडक छेउमै चार कोश मिलेको, वरिपरि फूलबारीले सजिएको, फूलबारीकोबीचमा सुन्दर चौकट मिलेको घर, बीचमा चेनगेट, भित्र प्यासेज र प्यासेजको दुईपट्टि आठवटा कोठा भएको दुईतले पक्की घर, घरको दोस्रो तलाकोबीचमा रहेको दुई कोठा मेरो डेरा । प्रशस्त घर एवं धेरै मानिस तथा कम मानवीयता भएको शहरको एक घरको कोठामा बसेर बिहान क्याम्पस जानु, फर्केर खाना बनाउनु, खानु र छतमा घाम ताप्नु मेरो दिनचर्या ।

छतमा बसेर नियाल्दा छेवैमा रहेको वरिपरि घेरावारा गरिएको पाँच तले घर । कलेजबाट फर्किएपछिको मेरो दैनिकी घरको छतमा घाम ताप्ने र छिमेकीको गतिविधि नियाल्ने । छिमेकीका एक छोरा र एक छोरी थिए । लाग्थ्यो, घरको छतमा बसेर छिमेकी सम्झन्थे, संसार मेरो घरको घेरवार भित्र हो । संसारको सबैभन्दा अग्लो वस्तु मेरो घर हो । संसारको सबैभन्दा राम्रो वस्तु मेरी छोरी हो । संसारको सबैभन्दा ठुलो बहादुरी मेरो वाईफाईको पासवर्ड परिवर्तन गर्नु हो ।

समय आधुनिकताको दौरानसँगै अघि बढेकाले इन्टरनेटको प्रयोग विद्यार्थी जीवनमा अनिवार्य भइसकेको, तीव्र गतिमा बढेको महँगीले विद्यार्थीको दैनिकी कष्टकर भइरहेको अवस्थामा मलाई पनि प्रविधिले मोहनी लगाई सकेको थियो । दिनमा करिब चार घण्टा मैले पनि प्रविधिसँग बिताउनु पर्थ्यो भने यसका लागि छिमेकीको वाइफाईको पासवर्ड ह्याक गरेर चलाउनुको विकल्प मसँग थिएन ।

मेरो दैनिकी क्याम्पसदेखि फर्किएर खाना खाएर छतमा घाम ताप्नु र छिमेकीको वाईफाईको पासवर्ड ह्याक गर्नु भने छिमेकीको दैनिकी पासवर्ड परिवर्तन गर्नु । पासवर्ड ह्याक गर्नु मेरो बाध्यता थियो भने पासवर्ड परिवर्तन गर्नु छिमेकीको बहादुरी । यहाँ विवशता र बहादुरीको प्रतिस्पर्धा चलिरहन्थ्यो । लाग्थ्यो यो आधुनिक समयको महाभारतको युद्ध हो ।

बिहान सकेरै उठ्नु, कलेज जानु, कलेजदेखि फर्किनु, खाना बनाउनु खानु, छतमा घाम ताप्नु र छिमेकिको वाईपाईको पासपोर्ड ह्याक गर्नु, छिमेकीको तामझाम नियाल्नु आदि आदि मेरा दैनिक गतिविधि थिए ।

बिहानै उठ्नु, आफ्नो कुकुर लिएर वरिपरिको सडक चहार्नु, कुकुरलाई शौच गराउनु, घरको छतमा लगेर नुहाइदिनु, खाना खुवाउनु र विस्तारामासँगै सुताउनु छिमेकीको दैनिकी थियो । उनको घर वरिपरि पर्खालले घेरिएको थियो । पर्खालकोबीचमा ढोका थियो । ढोकामा भोटे ताल्चा झुण्डाइएको थियो । उनी सोच्थे मेरो घर वरिपरिको पर्खाल र ढोकाको भोटे ताल्चाले मलाई सुरक्षित बनाउँछ म सुरक्षित छु तर उनले कहिल्यै पनि सोचेनन् कि सबैभन्दा ठूलो खतरनाक हतियार आफ्नो मस्तिष्कमा पालेको छु । सबैभन्दा ठुलो असुरक्षा मस्तिष्कमा उम्रिएको सङ्कीर्ण सोचमा लुकेको छ ।

उनको घरमा उनी र श्रीमतीका लागि बनाइएको एउटा कोठा थियो, लाग्थ्यो नव दुलाहा दुलहीलाई पहिलो रातका लागि सजिएको कोठा हो । छेवैको टिभी कोठा हेर्दा लाग्थ्यो संसद् भवन यहीँ हो, अर्को एउटा कोठा पढन्ते छोरीको थियो । हेर्दा लाग्थ्यो । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय नै यही हो । उनलाई लाग्थ्यो आफ्नी छोरी प्रविधिसँग सानिध्यता गाँसेर अव्वल दर्जाको पढाइमा लिप्त छे । प्रतिस्पर्धाको अग्राखलाई उनको खरो मेहनतले सजिलै गलाउन सक्छ ।

कक्षा १२ मा पढ्दै गरेकी छोरीको जब कक्षा ११ को नतिजा प्रकाशन भयो । अपसोच तिनै मेहनती छोरीको नतिजामा खोट देखियो । असङ्ख्य मात्रामा आकाशमा रहेका तारामध्ये उनले केहीलाई आफ्नो लब्धाङ्क पत्रमा झारिदिइन । यस कुराले उनलाई छाँगाबाट खसेझैँ बनायो । नाकबाट चिटचिट पसिना आयो । शरीर १०२ डिग्रीमा ज्वरो आएझैँ तातो भयो । उनले सोचे परीक्षार्थीले किताबका विषयसम्म त असफल हुन सक्छ तर आज उनकी छोरी भने जीवनको चारित्रिक विषयमा पनि असफल भए झैँ लाग्यो ।

उनका मानसपटलमा एकाएक ल्यापटप, मोबाइल, स्कुटरमा व्यस्त भएकी छोरीको तस्बिर झलझली नाच्न थाले । त्यो रात रन्थनिएर ओछ्यानमा पल्टिएका उनलाई नीद परेन, सहरिया जीवनको थालनीसँगै पालेको एउटा ठुलो सपना छोरीले चकनाचुर पारेको सम्झेर उनको छाती नराम्रो गरी दुख्यो । बिस्तारै छोरीको कोठातिर लम्किए, छोरी बेप्रवाहसँग एक जवानसँग भिडियो च्याटिङमा थिई । बाबालाई देखेर शिरनत गरी ।

बुढाले भक्कानिँदै मारसँगले छोरीलाई झपारे, ऊ केही बोलिनन् । बुढा थकित मुद्रामा पुनः आफ्नो कोठामा छिरे । देखे अर्धाङ्गिनीको रंङ उडेको शालीन अनुहार । सम्झे गाउँमा हुँदाका ती रसिला गाला । ओठहरू । दैनिकीसँग बितेका तिनका प्रेमलिलाका इतिहासहरू । यस्तै यस्तै सम्झँदै थाहै नपाई बुढा निदाउन पुगेछन् ।

रातभर ऐँठन भएको, सपनाहरू फुटेको, गाउँ फर्किएको आदि आदि सपनाहरूमा रुमलिए । व्युझँदा हताश मोडमा अटसमटस आँसु निकालेर उनकी पत्नी केही भन्न खोजिरहेकी थिइन् । तर सकिनन् । उनले आँखाको भावले बाहिर हेर्न इशारा गरिन । उनी बहिरको हल्ला सुनेर बिस्तारै पाँच तले घरको लामो सिँढी हिँडेर तल झरे, बुझे उनकै सपना टुक्रिएको थियो । उनकै अपमान भएको थियो । महत्त्वाकाङ्क्षा खेतीले छोडेको गाउँले सरल जीवन जटिलताको चक्रव्यूहमा परेको थियो ।

उनकी पढन्ते छोरीको त्यही घरमा डेरा गरी बस्ने एउटा केटोसँग लामो समयदेखि आत्मीयता बढेको रहेछ । परीक्षाको असफलतासँगै बाबुले गरेको गालीका करण उनीहरू राती नै त्यही केटासँग भागेर हिँडेछन् । छिमेकीहरू यहीँ गन्धलाई मञ्चबाट घोषणा गरेर उनलाई बताउन चाहन्थे, टिका टिप्पणी गर्न चाहन्थे । आफूले पढाई बाहेक किचनमा समेत नछिराएकी छोरीको कुकृत्य हविगत देखेर उनलाई पृथ्वी ध्वस्त भए झैँ लाग्यो । घर फर्किए । खान समेत मन भएन ।

सधैँ छिमेकी घरको बार्दलीमा निस्कन्थे । जुँगामा ताउ लगाउँथे । अनि वरिपरिको वातावरण नियाल्थे । तर आज बार्दलीमा निस्किए, वरिपरि नियाले अनि सम्झन थाले । ‘त्यो विशाल फाँट वारिपारिको चौँरी गोठ, आफ्ना वरिपरिका सयौँका सङ्ख्यामा भएका भेडा, भुक्दा सात गाउँ थर्काउने आफ्नो भोटे कुकुर, ती छरछिमेक, साँझपख भेला भएर गरिएको गफ, आत्मीयता, माया ममता, यस क्रममा उनले आफ्नो विवाह, वरियता र दुलही छेउमै राखेर मौन बसेको आफ्नो अवस्थिति सम्झे, डाँडा घरे काकाले निरन्तर बजाएको सहनाई र नर सिङ्गाको आवाज सम्झे, यसै बेला उनका मनमा आफ्नै हातले मालिङ्गो काटेर बनाएको बिनायोको सम्झना आयो, बिनायो, बिनायोको धुनसँगै गाएका लोकभाकाहरु सम्झे ।’

भदौको महिना आफ्ना भेडी गोठ गोठालालाई छोडेर अलैँची टिप्न गाउँ झर्थे । गाउँभरिका युवाहरू भेला भएर छुरी र डोको बोकेर अलैँची टिप्न जान्थे । दिनमा पटक पटक अलैँची बारीकोबीचमा रहेका ढुङ्गामा बसेर चुरोट तान्दै साथीभाइसँग शृङ्गारिक गफगाफ गर्थे, दिनभरि मनोरम वातावरणमा अलैँची टिपेर घर फर्किन्थे । अलैँची टिपेर घरको भुईँतलामा थुपार्थे । साँझपख उनका घरमा गाउँभरिका बुढापाका, केटाकेटी, नवजवानहरुको जमघट हुन्थ्यो, मिठामिठा गफ गर्दै अलैँची छोडाउँथे, ठूलो कित्लीमा चिया पकाउँथे, यी सबै मानिसहरूको अनुहार उनको मानसपटलमा झलझली नाच्न थाले । महिनौँ बसेर अलैँची टिपेर सहर पस्थे, त्यो दिन उनलाई लाग्थ्यो, ‘यो सहरका सम्पूर्ण चिज वस्तुहरू किन्ने सामर्थ्य म मा छ ।’ अलैँची बेच्थे घरमा आवश्यक सामाग्रीहरू किन्थे, अर्धाङ्गिनीलाई मनपर्ने शृङ्गारका सामाग्री किन्थे । बालबच्चालाई लुगा कपडा किन्थे । स्कुलको पोसाक किन्थे । छिमेकीहरूलाई पहिलो भेटमा मुकसिद्दिका रूपमा बाँड्ने एक काटुन सिक्किमे सुरक्षित गर्थे । अनि घर फर्किन्थे । उनी घर पुग्दा उनको घरको रौनक फेरिन्थ्यो ।

घरपरिवार, छोराछोरी, छरछिमेकी सबैको अनुहार हँसिलो हुन्थ्यो । उनका घरमा मकर मेला बिर्साउने गरी मानिसको जमघट हुन्थ्यो । फेरी लाग्थे आफ्नै भेडा गोठ तिर । भेडा गोठ पुग्थे वरिपरिको परिदृश्य नियाल्थे । आफ्ना भेडाहरू नियाल्थे । उनलाई कौतुहलता लाग्थ्यो । छिमेकीको खबर बुझ्न मुखैले सिटी बजाउँथे । अनि गला फुकाएर वरिपरिका चौँरी गोठका साथीहरूलाई हालखबर सोध्थे । उनलाई मोबाइलको आवश्यकता कहिल्यै महसुस हुँदैनथ्यो । बिहानै उठेर चिया खान्थे । भेडा नियाल्थे गणना गर्थे । चरन तर्फ पठाउँथे । खाना बनाएर खान्थे अनि आफ्ना कपडाको बाहिर लुकुनी लगाउँथे र पारि देखिएको छिमेकीको चौँरी गोठतिर लाग्थे ।

दिनभरि मिठा मिठा वात गर्थे । सहरको परिवेश बताउँथे । अनि कोसेली पुर्‍याउँथे । गाउँको हालखबर बताउँथे साँझ पख आफ्नै भेडा गोठमा फर्किन्थे । असोज महिना लागेपछि प्रकृतिमा चिसो निकै बढिसकेको हुन्थ्यो । चिसोबाट जोगाउनका लागि पनि उनको भेडी गोठ बेँसीतिर झर्नु पर्ने हुन्थ्यो । बिस्तारै चोक–चोकमा चराउँदै बस्दै उनी आफ्नो भेडा गोठ माघ महिना तिर आफ्नै घर आसपास पुर्‍याउँथे । आफ्नो तथा छरछिमेकीको बारीमासमेत डुलाई–डुलाई गोठ राख्थे ।

प्रकृतिमा गर्मी बढेसँगै फागुन महिना तिर फेरी साबिककै क्षेत्रतिर भेडा गोठ लिएर फर्किन्थे । यी दृश्यहरू उनको मस्तिष्कमा झलझली नाच्न थाले । उनको मस्तिष्कमा ठुलो भूकम्प पैदा गर्‍यो । उनका हात गोडा काँप्न थाले । टाउकोमाथि बिस किलोको भारीले थिचेझैँ भयो । छेवैको कुर्सीमा थ्याच्च बसे । दुवै हात पुर्पुरोमा लगाए । उनलाई एक क्विन्टलको भारीले थिचेझैँ महसुस भयो ।

आफ्नी श्रीमतीले ल्याएको चियाको चुस्की लगाए । फेरी सम्झे । वरिपरिका बाक्ला घरहरू । बजारका अनेकौँ मानिसहरू । बाक्ला गाडीहरू । मानिसहरूको भिडमा एक्लो भएको सम्झे । आफ्नो मस्तिष्कमा उब्जिएको संसार मेरो घरको घेरबार भित्रमात्र हो भन्ने भाव सम्झे । संसारको सबैभन्दा अग्लो वस्तु मेरो घर हो भन्ने भावना सम्झे । उनको मस्तिष्कमा झल्याँस्स याद आयो भेडा गोठ बेच्नका लागि छिमेकीसँग गरेको अन्तर्क्रिया ।

आफ्ना भेडा गोठमा छिमेकी बसेको दृश्य, अलैँची बारी बेच्दा भाइसँग भएको बातचित सम्झे । अलैँची बेचेर फर्किएपछिको उनका घरको रौनक सम्झे । उनले आफ्नो गाउँको घरजग्गा, भेडागोठ, अलैँचीबारी मात्र बेचेका थिए । बेचेको घरको तुलनामा कैयौँ गुणा ठुलो घर बनाएका थिए तर उनले पत्तै पाएनन् कि उनको घरजग्गा, गोठसँगै उनका छरछिमेकी पनि बिकेछन् । उनको साथीभाइसँगको आत्मीयता पनि बिकेछ । उनमा भएको सामाजिक भावना बिकेछ । उनको विशाल मस्तिष्क बिकेछ । उनले बनाएको घर उनलाई विशाल लागेता पनि उनका छिमेकीहरूलाई साँघुरो लागेर होला पहिले जस्तो कोही नआएको स्थितिले उनलाई भावुक बनायो । पुराना भेडा गोठका दृश्यहरू उनका आँखामा बारबार नाच्न थाले ।

मस्तिष्कमा आएका पुराना दृश्य र नयाँ दृश्यको तुलनाले उनलाई उकुसमुकुस बनायो, उनको शरीरका अश्रु ग्रन्थि सक्रिय भए । उनका आँखा एकाएक सिमसार खेत झैँ जलमग्न भए । उनका आँखाको आँसु गालाको बाटो हुँदै भुईँमा खस्यो नियाले एकैछिनमा हरायो तर उनका आँखाको भित्रपट्टि भएको आँसुको मुहान सुक्न सकेन… ।