काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित छैनन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् ।
आजै बैठक अगाडि विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल पछि स्थायी कमिटी बैठक सुरु भएको हो ।
आजको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने पूर्व निर्धारित एजेण्डा छ ।
यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।