काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो दुई बजे बसेको पधाधिकारी बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको
सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बसेका थिए । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गरेको छ र संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको बताएको छ ।
स्रोतका अनुसार आध्यदेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।
कांग्रेस पदाधिकारीहरुको बैठकले संसद बैठक तत्काल बोलाउन माग गरेको छ । साथै पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाइएको छ ।