२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारणलाइन

अ+ अ-

गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।

जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हाइटेन्सनलाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उनले बताए। ‘बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो’, प्रमुख न्यौपानले भने, “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पु¥याएका हौँ ।” उनले बालुवादेखि बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण विद्युतीकरण तर्फको रु तीन करोड खर्च भएको बताए ।

‘सोमबार ट्रान्सफर्मर जडान गरी विद्युत् पुर्‍याइएको छ’, प्रमुख न्यौपानेले भने, ‘अहिले धमाधम ग्राहकलाई मिटर वितरण गर्दै घरघरमा बत्ती जोड्ने काम भइरहेको छ ।’ मिटर जडानका लागि घरधनीले वडा कार्यालयमा आएर फारम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए । पहिलो चरणमा बारपाकका ५०० घरघुरीमा बत्ती बाल्ने योजनामा प्राधिकरण रहेको प्रमुख न्यौपानले जानकारी दिए । उनले प्राधिकरणले विपन्न परिवारलाई भने निःशुल्क मिटर उपलब्ध गराउने बताए । गत चैतभित्र बारपाकमा विद्युत् पु¥याउने योजना प्राधिकरण थियो । प्रमुख न्यौपानका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि बन्दाबन्दीले काम गर्न केही असहज भएकाले ढिलाइ भएको हो ।

लाइन विस्तारका लागि बालुवादेखि बारपाकसम्म मुख्य लाइनमा २५५ वटा र शाखा लाइनमा ५९० वटा फलामे पोल गाडिएको छ । बारपाकसम्म लाइन विस्तारका लागि लाङ्गाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियोे । यता गाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि स्थानीयवासी खुशी भएका छन् ।’लद्युजलविद्युत् आयोजनाबाट बत्ती बाल्दा भोल्टेज नपुग्ने, कुटानी पिसानीलगायत समस्या थियो’, स्थानीयवासी कोपिला घलेले भनिन्, ‘अब ती समस्या हामीले भोग्नुपर्दैन भन्ने लागेको छ ।’