काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच शुक्रवार बेलुका भएको छलफल सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताबिच छलफल सकिए पनि के विषयमा कुराकानी भएको थियो भन्नेबारेमा भने जानकारी गराइएको छैन ।
अध्यादेश प्रकरणपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको बेला भइरहेको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ ।