२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ डेरी उद्योगको खुल्ला विक्री-वितरणमा रोक, तीनवटा पानी फ्याक्ट्रीमाथि मुद्धा हाल्ने तयारी

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा रहेका अधिकांश डेरी उद्योगले मापदण्ड पालना नगरेको पाइएकाले उत्पादन तथा विक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनपछि १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।

वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २८ डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालय प्रमुख भेषबहादुर थापाले प्रशासनसँग भने, ‘यसअघि पटकपटक चेतावनी दिँदा डेरी व्यवसायीले मङ्सिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए तर डिभिजन कार्यालयले यही पुष २ गते पुनः अनुगमन गर्दा निर्देशिका पालना नगरेको पाइएकाले उत्पादनको विक्री वितरणमा रोक लगाइएको हो ।’

मापदण्डअनुसार डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न नपाउने बताउँदै कार्यालय प्रमुख थापा भन्छन्, ‘यहाँका अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ, प्याकेजिंग नगरेको, पास्चराइजेशन नगरेको, लेबलिंग नगरेको पाइएको छ ।’

अनुगमनका क्रममा पटक-पटक चेतावनी दिँदासमेत अटेर गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो ।

यसैगरी डिभिजन कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा विरेन्द्रनगरका पाउरोटी उत्पादनमा लेवल नहाल्ने तीनवटा पाउरोटी उद्योगमाथि जिल्लाप्रशासनमा मुद्धा दायर गरेको छ ।

पटक-पटक निर्देशिकाअनुसार मापदण्ड पालनाको अवज्ञा गरेपछि विरेन्द्रनगरका सुरज वेकरी उद्योग, देउती पाउरोटी उद्योग र कृष्ण पाउरोटी उद्योगमाथि मुद्धा दायर गरिएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा महमा मिसावट पाएकाले हालेको एक मुद्धामा भने फैसला भइसकेको छ ।

त्यसैगरी पानीको उत्पादन र विक्री वितरण गर्दै आएका विरेन्द्रनगरका देउती दर्शन वाटर एण्ड वेभरेज, मध्येपश्चिम वाटर एण्ड वेभरेज (जारका पानीे तर्फ) र मध्येपश्चिम वाटर एण्ड वेभरेज (वोतलको पानी तर्फ) माथि गरी तीन वटा मुद्धा हाल्ने प्रक्रियामा रहेको डिघिजन कार्यालयले जानकारी दिएको छ ।

यसअघि आर्थिक वर्ष २०७५/७६ मा विरेन्द्रनगर नगरपालिकाका पाँच वटा पानी फ्याक्ट्रीमाथि बोतलको पानी उत्पादनमा स्वच्छता मापदण्ड पालना नगरेकाले कारबाही भएको थियो । मापदण्ड पालना नगरिएपछि यीमध्ये कतिपय फ्याक्ट्री ६ महिनासम्म बन्द गरिएका थिए ।

कार्यालयमा पर्याप्त जनशक्ति नभएकाले काम गर्न भने आफूलाई असहज भएको कार्यालय प्रमुख थापाको भनाई छ । थापाका अनुसार डिभिजन कार्यालयमा ६ जना प्राविधिक (नायब सुब्बा) को दरवन्दी भएपनि हाल एक जना आफूमात्र भएकाले काम गर्न अप्ठेरो भएको बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले कर्णाली प्रदेशका ६ वटा जिल्ला हेर्दै आएको छ ।