९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा बर्डफ्लु देखिएपछि सीमा नाकामा उच्च सतर्कता

अ+ अ-

वीरगञ्ज । छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा सुरक्षा सतर्कता बढाएर सीमा नाकामा कडाइ गरिएको बताइएको छ ।

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण नेपालमा पनि बर्डफ्लु भित्रिने सक्ने सम्भावनालाई दृष्टिगत गरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्ने भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले राससलाई बताए ।

यता प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पक्षीजन्य पदार्थको आयातमा कडाइका साथ रोक लगाउने भनी निर्देशनसमेत दिइएको सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले जनाएको छ ।

बर्डफ्लु रोग नेपालमा भित्रिन नदिन सीमा नाकामा कडाइ गरिएको, यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँग अनुरोध गरेको, नियमित सम्पर्क भइरहेको तथा सीमा क्षेत्रको आफैँ पनि नियमित गस्ती गर्ने गरेकाले भारतबाट कुनै पनि सामान नेपाल छिर्न नसकेको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

यसैगरी पशु क्वारेन्टिन कार्यालय वीगरञ्जले पर्साले भारतसँग जोडिएका तराईका जिल्लामा सुरक्षा सतर्कता अपनाउन तथा कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन नदिनका लागि विशेष अभियान चलाउनेबारे छलफल भएको प्रमुख वरिष्ठ पशु चिकित्सक डा. हरेराम यादवले बताए ।

प्रतिक्रिया दिनुहोस