१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणबाट विदेशमा ३१९ नेपालीको निधन

अ+ अ-

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।

यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७।८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए।

ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप ९कोरोनाभाइरस भेरियन्ट० विरूद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ । उहाँका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

प्रतिक्रिया दिनुहोस