११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीबाट ७३ लाख ९३ हजार ठगी फरार रहेका इन्स्टिच्युट सञ्चालक पक्राउ

अ+ अ-

कैलाली । प्रहरीले कैलालीबाट एक इन्स्टिच्युट सन्चालकलाई पक्राउ गरेको छ । विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारी ७३ लाख भन्दा बढी रकम अशुली फरार रहेका गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चैधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई लम्कीचुहा नगरपलिका–९ धनचैयास्थित उनको भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

चौधरीले सिटिभिटिबाट अनुमति लिएको भन्दै अनुमति विना नै गैरकानूनी रूपमा धनगढी उपमहानगरपालिका–८ स्थित संचालन गरेको मल्टिस्किल ईन्ष्टिच्यूट अफ टेक्नोलोजी प्रालिमा भर्ना लिई अध्ययन गराई अभिभावक तथा ईन्ष्टिच्यूटमा अध्ययनरत १ सय १८ जनालाई झुक्याई ४९ लाख २८ हजार ४ सय ९५ रुपैयाँ ठगी गरेको मुद्धामा जिल्ला अदालत कैलालीको २०७४ चैत १४ गतेको फैसालाले उनलाई २ महिना कैद र ३ लाख २८ हजार ४ सय ९५ रुपैयाँ जरिवाना भएको थियो ।

साथै २०७५ मङ्सिर ४ देखि मङ्सिर ७ गतेसम्म पटक पटक गरी सोही ईन्ष्टिच्यूटमा विद्यार्थीहरूको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४ सय १४ रुपैयाँ ठगी फरार भएको तथा धनगढी उपमहानगपालिका–१ बस्ने एक महिलालाई भारत बैंगलोरबाट बिएस्सी नर्सिङ पास गरेको प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट मान्यता दिलाउन भनि प्रलोभनमा पारी ५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धनाबाट खुल्न आएको थियो ।

साथै सोही कार्यमा संलग्न कैलाली, कैलारी गाउँपालिका–९ बस्ने ३३ वर्षीय शिव कुमार चौधरीलाई यसअघि माघ ५ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस