७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री हटाउने प्रयास गलत : मुख्यमन्त्री गुरुङ

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरे ।

गृह जिल्ला आउनुभएका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा नं ५ तीनपिप्लेमा आज आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले भने, ‘ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू–भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई झुक्न नदिने, समृद्ध नेपाल निर्माणमा विभिन्न विकासका काम गर्न सफल भएको छ ।

आज समाजवादउन्मुख जनताको जनवादलाई आफ्नो निर्माणको, समृद्ध अभियानको सैद्धान्तिक, वैचारिक आधार मानेर काम गरिरहेको सरकार प्रगतिशील भएको मुख्यमन्त्री गुरुङको दावी छ । उनले भने, ‘तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन ।’ मुख्यमन्त्री गुरुङले गरीब दिनदुःखीको पक्षमा रहेको सरकार गिराउनेविरुद्ध लाग्न आग्रह गरे ।

नेकपाका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, केन्द्रीय नेता तथा संविधानसभा सदस्य टुका हमाल, डा. भीष्मनाथ अधिकारीलगायतले मुलुकको विकास गर्ने ओली नेतृत्वको कम्युनिष्ट सरकार रहेकाले सबै यही समूहमा लागेर देशलाई सङ्कटमुक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस