८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लब समूहका सप्तरी जनसत्ता प्रमुखसहित ३ कार्यकर्ता पक्राउ

अ+ अ-

सप्तरी । नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहा÷सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चार थान मोबाइल बरामद गरेको बताइएको छ ।

सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाकधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस