१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गाधनी पुर्जा पाउँदा औधी खुशी

अ+ अ-

सिराहा । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिराहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी औधी खुशी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुशी भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात तयार पारेको पुर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुशी लागेको बताए।

वर्षौँदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूलाई औधी खुशी लागेको स्थानीयवासी साहिद हुसैनको भनाइ छ । ‘बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु’, उनले भने, ‘त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुशी छुँ ।’

वडाका ३७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरबाजुर दिन सक्ने समय रहेकाले पुर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्पर्क गरी आफ्नो काम सहजपूर्वक गराउन सबैसँग आग्रह गरे । प्राप्त गरेको ६० दिनपछि मात्र यो प्रमाण पुर्जा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस