७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ : मुख्यमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताएका छन् । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गरे ।

‘प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैङ्गिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तराष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु’, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन्।

यस वर्ष १११औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको छ । यसैका कारण राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि सङ्घ, प्रदेश एवं स्थानीय सरकारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ ‘आधा हिस्सा जनसङ्ख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संविधान र कानूनमा उल्लेखित प्रबन्धको व्यवहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ । विगतदेखि नै जरा गाढेर बसेको पितृसत्तात्मक सोंच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्दछ । यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु’।

प्रतिक्रिया दिनुहोस