९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोलिरहेका मुहाराकृति

अ+ अ-

काठमाडौँ । चेलीबेटी बेचबिखनविरुद्धको अभियानका मुख्य अभियन्ता वाग्मती प्रदेशकी पूर्वप्रमख अनुराधा कोइरालाका निधारमा मुजा देखिँदा पनि सामाजिक सक्रियतामा कुनै कमी देखिँदैन । पीडामा पनि हाँस्न जान्ने कोइरालाका मुहारभावलाई यसपालि कलाकार गजेन्द्र श्रेष्ठले क्यान्भासमा एक्रेलिक रङ दिए ।

माइती नेपालकी संस्थापक अनुराधा कोइराला बेचबिखनमा परेका महिलाको उद्धार, संरक्षण र उनीहरुको हक अधिकारमा सधैँ लड्दै आएकी छन् । कलाकार मदनकृष्ण श्रेष्ठले उनको त्यो सक्रियता भाव र नौलो मुस्कानलाई चित्रमा पनि डगमगाउन दिएनन् । बरु उजिल्याए । कसैसँग संवाद गर्दै गरेको भान पर्ने कोइरालाको आकृति लोभ्याउने खालको बनेको छ । मुहारमा उत्रेको हाँसो, खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेशा पनि रङबाटै भरिएको छ ।

हाँस्य विधाका स्थापित नाम मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) का मुहार कुनै प्रहसन हेरेभन्दा फरक लाग्दैन । उनीहरुको मुहारले नै दर्शकलाई हँसाइरहेको अनुभूति हुन्छ । हरिवंशका आँखा हाँसिरहेझैँ लाग्थे । अनि मदनकृष्णका उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ छ । सेलिब्रेटीका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कलाकार डिराम पाल्पाली, कृष्णगोपाल श्रेष्ठ र आशुराम खाइजुले कागजमा दृश्य उतारे । गायन क्षेत्रका अब्बल आनी छोइङ डोल्माको मुहारले शीतल छहारी प्रदान गरिरहेको महसुस हुन्छ । कलाकार पूजा महर्जनले त्यही भावलाई दुरुस्त पारेर क्यान्भासमा सजाएकी छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यसपालि यस्तै समाजका विशिष्ट १२ व्यक्तिको १८ मुहार चित्रलाई क्यान्भासमा उतारेको छ । त्यसमा नायिका मनिषा कोइरालादेखि चर्चित कलाकार तथा व्यवसायी सहभागी भएका थिए । उनीहरुको मुहार, हाउभाउ र भावभङ्गीलाई चित्रकारले दुरुस्त बनाउने कोसिस गरेका छन् । चर्चा बटुलेका व्यक्तिको रङ्गीन संसारमा उस्तै रङ भर्न पाउँदा कलाकार पनि औधी खुशी देखिए ।

चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र बनाउन कलाकारलाई चुनौती नै थियो । सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि हाँसो र खुशी छचल्किरहेको पाइन्थ्यो । उनीहरुलाई कलाकारले कुचीमार्फत क्यान्भासमा प्रवेश गराउँदा कलाकार पनि मुसुमुसु हाँसिरहे । नवरसलाई ख्याल गरेर चित्र उतारेको बताउने कलाकार कृष्णगोपाल श्रेष्ठ उचित ध्यान दिन सकिएन भने चित्र बोल्दैन भन्छन् । यसपालि कलाकारले बनाएका सबैका तस्वीर आफैँ बोलिरहे झैँ देखिने खालको छ ।

मुहार चित्र बनाउँदा आँखाको भावलाई ध्यान दिइन्छ । हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ । त्यसप्रति कलाकारको ध्यान पुगेन भने चित्र मर्ने स्वयं चित्रकारहरु स्वीकार्छन् । समाजमा चुलबुले, शान्त झगडालु, हक्की, लजालुलगायत स्वभावका मानिस हुन्छन् । त्यो मानिसको स्वभावलाई पनि चित्रकारले दिमागबाट खिचेर क्यान्भासमा रङले उस्तै बनाएर भर्नुपर्छ । तब मात्रै मुहार चित्र बोल्छ । सेलिब्रेटीको मुहार चित्रमा उतार्न आफूलाई चुनौती भएको अनुभव सुनाउने कलाकार डिराम पाल्पाली योग्य बन्न त्यस चित्रले अन्तरक्रिया गर्न सक्यो सकेन भनेर हेर्नुपर्ने बताउछन् ।

कार्यक्रम संयोजक प्रतिष्ठानको चित्रकला विभागकी प्रमुख सुष्माराज राजभण्डारी पोट्रेट (मुहार चित्र) मा मानिसको क्यारेक्टर आउनुपर्ने बताउँछिन् । यसपालिको मुहार चित्र कार्यशाला त्यस हिसाबले सफल रहेको उनी सुनाउँछिन् । स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति बनाउनुपर्छ । मुहार चित्रमा एकाग्रता ठूलो कुरा हो । आर्टमा राम्रै दखल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्ने कलाकारको भनाइ छ ।

पश्चिमा कलाकारमा राम्रो दखल भए पनि नेपालमा मुहार चित्रको ठूलो अभ्यास भने छैन तर पनि चित्रकारले मुहार चित्र भने बनाइरहेका छन् । यसपालिको मुहार चित्र कार्यशालामा चित्रकार कृष्णगोपाल श्रेष्ठ, आलोक गुरुङ र आशुराम खाइजुले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई क्यान्भासमा ल्याए । अर्का हाँस्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई डिराम पाल्पालीले रङ भरे । सुरेन्द्र श्रेष्ठको मुहार कलाकारहरु टकबहादुर थापा, गजेन्द्र श्रेष्ठ र बाबुराजा देउलाले बनाए ।

कलाकार गोपाल चित्रकार र कान्छाकाजी भासीले नायिका मनिषा कोइरालाको मुहार बनाए । कालाकार गजेन्द्र श्रेष्ठले पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, पूजा महर्जनले गायिका आनी छोइङ डोल्मा, कलाकार प्रदीप श्रेष्ठले व्यवसायी प्रदीपकुमार श्रेष्ठ, कलाकार सिर्जनराज भण्डारीले सुरेन्द्रवीर मालाकार, कलाकार बुद्धि गुरुङले प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, कृष्णप्रसाद शाहले पृथ्वीबहादुर पाण्डे, रोशन प्रधानले भद्रकुमारी घले र किशोर नकर्मीले अम्बिका श्रेष्ठको मुहारलाई क्यान्भासमा उतारे ।

यही फागुन दोस्रो र तेस्रो हप्तामा बनेका विशिष्ट व्यक्तिका १८ मुहार चित्रलाई छिट्टै प्रदर्शनी गरिने तयारी गरिएको छ । चित्र बिक्रीबाट आएको आम्दानीको केही प्रतिशत विपन्न क्षेत्रको स्कूललाई सहयोग गर्ने रहेको प्रतिष्ठानको चित्रकला विभाग प्रमुख राज भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस