काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सभामुखकाेअनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।
सभामुखकाे अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।







