२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्छ : अध्यक्ष थापा

अ+ अ-

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सबल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताएका छन् ।

राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा गर्दै अहिले देशमा सनातन हिन्दू संस्कार र राजसंस्थाको अभिमत बुझेर सबैको सहकार्यबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक नेतृत्वले सत्ताको प्रतिस्पर्धालाई जनताको गाँस, बाँस र कपास, शान्ति सुरक्षाको व्यवस्थापन तथा प्रजातन्त्रको सुदृढीकरणका लागि त्याग गर्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य क्रमशः मधु अधिकारी, राजाराम बर्तौला र गणेश थापाले राष्ट्रिय महाधिवेशनका सन्दर्भमा सङ्गठनलाई दरिलो तुल्याउनुपर्ने तथा नेता– कार्यकर्ताले गुटबन्दीबाट अलग भई पार्टीको नीति सिद्धान्त र जनताप्रति सेवाभाव, मन, वचन तथा कर्मले लाग्नुपर्ने विश्वास व्यक्त गरे ।