१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति कार्यान्वयनको माग गर्दै विप्लव पुगे बालुवाटार

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज सोमबार भेटवार्ता भएको छ। नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटमा महासचिव चन्दले सरकार र विप्लव समूहबीच भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले बताए ।

‘पार्टी महासचिव र प्रवक्ता सहमति कार्यान्वयनका बिषयमा छलफल गर्न बालुवाटार जानुभएको हो। त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएका छौँ’ उनले भने।

ओलीसँग पार्टीका जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा खारेजीलगायतका बिषयमा छलफल भएको उनले बताए। ‘बन्दी रिहाइको प्रक्रिया त चलिरहेको छ। तर, हामीले त्यसलाई छिटो गर्नुपर्यो भनेका हौँ’ उनले भने।

सरकारसँग विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने तीन बुँदे सहमति भएको थियो। फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थिए।

प्रतिक्रिया दिनुहोस