१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल विनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

अ+ अ-

काठमाडौँ । भक्तपुर नगरपालिकाले कमल विनायक आवास क्षेत्रमा रहेका पसलहरूमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरू बिक्रीका लागि राखेको पाइएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार भएको बजार अनुगमनमा कमल विनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका सामानहरू जफत गरी नष्ट गरेको छ ।

अनुगमनमा ॐ कस्मेटिक सामान सप्लायर्स, राजेन्द्र सितिखुको अन्य पसल, ओम तरकारी तथा किराना पसल दर्ता नगरी सञ्चालन भएको र म्याद नाघेको सामानहरू बिक्रीका लागि राखेको पाइएपछि म्याद नाघेका सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

त्यस्तै सुसख डेरी एन्ड बेकरीमा प्याकेजिङ सामानमा खाद्य अनुज्ञा पत्र नलिई आफैँले लेबल राखेर बिक्री गर्ने गरेको, लक्ष्मी स्टोरमा म्याद नाघेको सामान बिक्रीका लागि राखेको, रमी ब्युटी पार्लर एन्ड ट्रेडिङ सेन्टर नवीकरण नगरेको र म्याद नाघेका सामान बिक्रीका लागि राखेको पाएपछि म्याद नाघेको सामान जफत गरी नष्ट गरेको छ ।

यता दत्तात्रय खाजा दर्ता नभएको, शैलेश इम्पेक्समा मितिको लेबल नराखी कस्मेटिक सामानहरू बिक्री गरेको पाइएपछि त्यस्ता सामान जफत गरी नष्ट गरेको छ । अनुगमनमा सदस्य हरिराम सुवाल, स्यानिटेशनका रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी ब्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका लक्ष्मीप्रसाद बाटी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका पोष्टराज पोखरेल, उद्योग वाणिज्य सङ्घ भक्तपुरका विश्वराम दुवालको टोलीले मूल्य सूची राख्न र म्याद गुज्रेको सामान बिक्री नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस