२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि अनुदान सदुपयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले आज ललितपुरमा आयोजना गरिएको पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहलाई सम्बोधन गर्दै दिगो कृषि विकासका लागि अनुदानको सदुयोग अनिवार्य सर्त रहेको उल्लेख गरे। सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रीकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले किसानको आम्दानीलाई बचतको स्तरमा पु¥याउन कृषि बिमा कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने र बीमाको किस्ता रकम (प्रिमियम) घटाउनमा जोड दिए । संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य सङ्गठनको मापदण्डानुसार नेपाल केही पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै ‘उल्फाको धन फूपुको सराद्ध’ नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गरे ।

विश्व खाद्य सङ्गठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध, ४८ अण्डा र १४ किलो मासु आवश्यक पर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले आज नेपाल मासु र अण्डामा आत्मानिर्भर भएको घोषण गरे । नेपालीका भान्सामा प्रतिव्यक्ति प्रतिवर्ष ५५ अण्डा र २२ किलो माछा/मासु खपत भएका कारण सरकारले आज मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषण गरेको हो ।

नेपालमा प्रतिवर्ष एक अर्ब ६० करोड अण्डा र दुई लाख ५५ हजार मेट्रिक टन माछा/मासु उत्पादन हुने गरेको भए पनि नेपाल दुधमा आत्मनिर्भर हुन अझै प्रतिव्यत्तिः प्रतिवर्ष १२ लिटर दूधको उत्पादन बढाउनुपर्ने छ ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगेको भए पनि उत्पादन भने सन्तोषजनक रुपमा बढ्न नसकेकामा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै शिक्षा र सीप विकासमा युवा जनशक्तिलाई आर्कषक कार्यक्रम चलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । उनले मकैको उत्पादन घटेकामा सम्बन्धित मन्त्रालयलाई मकैको समर्थन मूल्य तोक्न र उत्पादन बढाउन तथा वनलाई कृषि वन बनाउने कार्यक्रम ल्याउन आग्रह गरे।

कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने पशु तथा पशुजन्य उत्पादनमा १४ प्रतिशत छ । झन्डै ६८ प्रतिशत जनता कृषि पेशामा संलग्न भए पनि कृषि क्षेत्रको परनिर्भरता घट्न नसकेपछि सरकार कृषिमा वैदेशिक लगानी भित्र्याउने तरखरमा रहेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनकिकीकरण परियोजनमार्फत लागुभएका पकेट क्षेत्र कार्यक्रम व्यक्तिका पकेट क्षेत्र नबनोस भन्नेमा जोड दिए ।

उनले एकिकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताए । पशुपक्षी सचिव डा पेम नारायण कँडेल र कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले कृषिको आधुनिकीकरण, यान्त्रीकीकरण र बजारीकरणबाट मात्र दिगो कृषि विकास हासिल हुनेमा जोड दिए । समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रमुख सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, किसान एवं व्यवसायीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले आज विभिन्नि सहकारी, कृषि फर्म तथा उत्पादक कम्पनीलाई सम्मान गरेका थिए ।