२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेशसभा बैठक चैत २४ गते बस्ने

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले रासससँग सङ्क्षिप्त कुरा गर्दै आज बसेको कार्यपरामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेको जानकारी दिए । उनले पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताए ।

मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक हुनुभएका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार वाग्मती प्रदेशसभा सचिवालयमा १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।

प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य हुनुभएको भए पनि हालै सर्वोच्च अदालतको फैसलाअनुरुप अहिले सत्तारुढ नेकपा एमालेमा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली कांग्रेस २२ तेस्रो ठूलो दलका रुपमा स्थापित भएको छ । यसैगरी साझा विवेकशील दलतर्फ, नेपाल मजदूर किसान पार्टी दुई, राप्रपाको दुई र एक स्वतन्त्र सांसद गरी कूल ११० प्रदेशसभाका सदस्य छन् ।