२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटी नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा 

अ+ अ-

डोटी । डोटी नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । एक औपचारिक कार्यक्रमका बिच  ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल ध्येयका साथ शुक्रवार डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाको रूपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले घोषणा गरेका हुन् ।

नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले जानकारी दिए ।

निर्देशिकामा व्यवस्था भए अनुरूप डोटी जिल्लाका सबै वडा र नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसके पछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै  जिल्लाको समय तालिका अनुसार खोपको मात्रा पुर्याईसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव सिंह ठगुन्नाले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आतिथ्य र जिल्ला समन्वय समिति तथा जिल्ला पूर्णखोप समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरको अध्यक्षतामा घोषणासभा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहको स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिई जनताको सेवामा तल्लीन रहेका केही स्वास्थ्यकर्मीलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

सरकारले जारी गरेको निर्देशिका अनुसार वडा, स्थानीय तह, जिल्ला, प्रदेश हुँदै नेपाललाई नै प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना देशकोरुपमा घोषणा गर्नुपर्ने प्रावधान अनुसार नेपालले यस वर्ष डोटीबाट खाता खोल्न सफल भएको हो । यो क्रम प्रत्येक वर्ष चलिरहनेछ ।