२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेकै हालतमा एमालेको एकता जोगिदैन : गोकर्ण विष्ट

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व श्रममन्त्री गोकर्ण विष्टले अहिलेकै जस्तो संवादहीनताको स्थितिले नेकपा एमालेको एकता कायम रहन नसक्ने बताएका छन्।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच देखिएको दूरीबारे विष्टले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका हुन।

अध्यक्ष ओली पक्षले माधव नेपाल सहित सो पक्षका २७ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछिगम्भीर संकट पैदा भएको विष्टको टिप्पणी छ।

विष्टले आफ्नो धारणा सार्वजनिक गर्दै संवादहीनता र कारवाहीको बाटो कुनै पनि हालतमा समाधान हुन नसक्ने भनेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,’विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ। यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ। संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन।’

उनले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकता जोगाउन आग्रह गरेका छन्।

‘अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्‍चालन गरेर नै एकता जोगाउन सकिन्छ। एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ,’ विष्टले भनेका छन्, ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’ विष्टलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन।

विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को…

Posted by Gokarna Bista on Tuesday, 20 April 2021