२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद गुज्रिएको औषधि बरामद भएपछि नर्सिङहोममाथि कारवाही

अ+ अ-

लहान । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङहोम प्रालिमाथि कारवाही अघि बढाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङहोममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद् भएपछि कारवाही अघि बढाइएको हो । ‘अनुगमनका क्रममा म्याद गुज्रिएको औषधि र ल्याबका केमिकल फेला परेको छ’, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले भने, ‘फार्मेसीमा म्याद गु्ज्रिएको औषधि र ल्याबमा म्याद गुज्रिएको केमिकल राखेर मानव स्वास्थ्यसँग खेलबाड गरेको पाइएकाले ती नर्सिङहोममाथि कारवाही अघि बढाइएको हो ।’

अनुगमनका क्रममा नर्सिङहोम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमतिपत्र लिएको नपाएपछि नर्सिङहोमका सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए । बरामद म्याद गुज्रिएको औषधि र कमिकल नियन्त्रण लिई आवश्यक प्रक्रिया पुर्‍याएर नष्ट गरिने उनको भनाइ थियो । यस्तै बजार अनुगमनकै क्रममा लहान अस्पताल चोकस्थित सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर, पवन किराना पसल एण्ड जेनरल स्टोर, चाँदनी किराना पसललगायत एक दर्जन पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको छ ।

त्यस्तै रिया, लक्ष्मी होटल तथा सिटी ट्रेडर्सबाट पेय पदार्थ तथा उपभोग गर्नुपर्ने समयावधि सकिएका बियर बरामद गरी नष्ट पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएका छ । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोभलगायत सामग्री केन्द्रित गरेर अनुगमन गरिएको रहेको प्रमुख सुरेश सिंहले बताए।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अबिलम्व उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको भनाइ थियो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए ।