२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् ।

उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय सहयोगी गरेर जम्मा सात जनाको दरबन्दी भए पनि यतिखेर दुई अनमीले मात्रै काम गर्दे आएको स्थानीयवासीले बताएका छन् । अनमी स्वास्थ्य संस्थामै कार्यरत भएको भए पनि सेवाग्राहीले भने पर्याप्त मात्रामा सेवा नपाएको गुनासो गरेका छन् ।

चार दिनदेखि लगतार ज्वरोबाट ग्रस्त भएका एक वर्षीय बालकलाई उपचार गर्नका लागि स्वास्थ्यचौकीमा लैजाँदा झारो टार्ने काम गरेको सिमकोट–८ याङ्गु गाउँका स्थानीयवासी गजिन्द सुनारले गुनासो गरे । अन्य स्वास्थ्यकर्मीलाई उपस्थित हुन पटकपटक ताकेता गर्दा पनि नआएको वडाध्यक्ष चक्र बुढाले बताए। आउँदो आइतबारसम्म स्वास्थ्यचौकीमा फिर्ता हुने सो स्वास्थ्यचौकीका इन्चार्ज रविजङ्ग शाहीले बताए ।