१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवागमन नियमनका लागि सहजीकरण

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमन नियमनका लागि सहजीकरण गरेको जनाएको छ ।

विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टको कोरोनाको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विदेशबाट स्वदेश आवागमन नियमनका लागि मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको विभागले उल्लेख गरेको छ ।

यसअनुरुप नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न सक्ने छैनन् । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकको हकमा प्रवेशाज्ञा अतिरिक्त यात्रा स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्नसक्ने सूचनामा भनिएको छ ।

यस्तै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नेगरी होटल बुक गरेको प्रमाण पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् भने हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले यात्रा शुरु गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट पेश गरेमा नेपाल प्रवेश गर्न सक्ने छन् र प्रवेश गरेपछि १० दिन अनिवार्य रुपमा होटल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यसअघि स्वदेश प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस