२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सृष्टि, सृष्टिदाता र जीवन प्रति कृतज्ञता

अ+ अ-

सृष्टिको उत्पत्ति हिन्दु काल गणना मान अनुसार स्थापित सृष्टि संवतको आधारमा १,९५५,८८५,१२२ वर्ष भएको छ । वेदको रचनाको आधारमा आजभन्दा करिब ७००० वर्ष पहिले मानव जीवन सभ्य रूपमा विकसित भएको थियो भनेर अनुमान लगाउन सकिन्छ । हामी र हाम्रो पुस्तालाई सहज जीवन र अस्तित्वको लागि जुन ब्रह्माण्डीय स्वरूप प्राप्ति भएको छ, त्यसका लागि परम्ब्रह्मा परमेश्वरको सतत नमन छ । ज्ञान, विज्ञान र सभ्य समाजमा हामी मानव जातिको रूपमा जन्म, जीवन र मृत्युको सार्थकता स्थापित गर्न र विभिन्न उत्सव मनाउन सक्षम अवस्थामा ल्याइ पुर्‍याउन अत्यन्त कठिन परिस्थितिको सामना गर्ने वेदव्यासदेखि हजारौँ पुस्ताका हाम्रा पूर्वजहरूसहित हाम्रा माता पिताको यस अवसरका लागि उच्च सम्मान छ । मानव जीवनका लागि सम्पूर्ण जीव, वनस्पति र सिङ्गो ब्रह्माण्डको असीम कृपा र योगदानको समेत संस्मरण गर्नुपर्ने हुन्छ ।

संसारको सर्वप्राचिन ज्ञान, विज्ञान र साहित्य वेद हो । वैदिक ज्ञान आधुनिक ज्ञान विज्ञानका लागि आधार र श्रोतको रूपमा रहेको छ । सनातन धर्म विरोधीहरू र जानेर वा नजानेर तिनको लोभमा बहकिएर आंशिक वा अधिकांश मानसिक रूपमा अतिक्रमित हामीहरू वैदिक साहित्यलाई केवल कर्मकान्डीय शास्त्रका रूपमा बुझेका छौँ । वैदिक साहित्यमा आदर्श मानव जीवन र समुन्नत विश्व व्यवस्थाका लागि सम्पूर्ण ज्ञान, विज्ञान, प्रविधि र विश्व शान्तिको विशाल भण्डार रहेको छ भन्ने कुरा प्रचार र स्थापित गर्नुपर्ने छ ।

विश्वव्यापीकरण वा भूमण्डलीकरणको कारण अधिकांश देशहरू आफ्नो मौलिक पहिचान गुमाउने अवस्थामा रहेका छन्, केवल राजनीतिक सिमानाले देशको सीमित पहिचान त जोगिएला तर सांस्कृतिक र सामाजिक पहिचान गुम्यो भने त्यो भन्दा स्वाधीनता माथिको ठुलो अपहरण केही हुँदैन । हामीले पनि हाम्रो आफ्नो मौलिक संस्कार र संस्कृति, हाम्रै भूखण्डमा सृजित सृष्टि भाषा संस्कृत र सनातन संस्कृतिमा आधारित साहित्य र अन्य वैभवहरूलाई जोगाउन सकेनौँ भने बिस्तारै बिस्तारै हामी आत्महीन शरीरमा रूपान्तरित हुनेछौँ ।

जीवनका आधा उमेर बिताउँदै गर्दा वास्तविक ज्ञान भन्दा भिन्न आयातित शास्त्रमा बढी लगानी भयो भन्ने अनुभूत हुँदै छ । हाम्रो शिक्षाले आफूलाई नचिनाई संसार चिनाउने, स्थानीयता नसिकाई विश्व सिकाउने र मौलिकताबाट विमुख पारी आयातितमा रमाउने परावलम्बी संस्कृतिको विकास गराउँदै छ भन्ने कुराको अनुभूति हुँदै छ । अहिले आएर संस्कृतका आधारभूत वर्णमाला र व्याकरण बुझ्दै गर्दा सृष्टि निसृत भाषा र ऋषि मुनिहरूको सन्देशको रूपमा सृजित शास्त्रमानै संसारको लागि पुग्दो ज्ञान, विज्ञान र साहित्य सृजना भएको रहेछ भन्ने अनुभूत हुँदै छ । तसर्थ, आफ्नै जन्मदिनको संस्मरण गर्दै गर्दा सृष्टि भाषा संस्कृतले प्राणी मात्रको कल्याण, मानव हित र विश्वशान्तिको लागि स्थापित गरेका शान्ति मन्त्र र स्वस्ति वाचन मन्त्रहरूको उच्चारण सहित आफ्नो र सबैको कल्याणको कामना गर्न चाहन्छु ।

शान्ती पाठ
यजुर्वेदको यो शान्ती पाठ मन्त्रले साधक ईश्वरसँग शान्तिको प्रार्थना गर्दछन् । विशेषतः सनातन हिन्दु सम्प्रदायका मानिस आफ्नो जुनसुकै धार्मिक कृत्य, संस्कार, यज्ञ आदिको आरम्भ र अन्तमा यस शान्ती पाठ मन्त्रको मन्त्रोच्चारण गर्दछन् । यस मन्त्रबाट जगतका समस्त जीव, वनस्पति र प्रकृतिमा शान्ती कायम होस् भनी प्रार्थना गरिन्छ ।

ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,
पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:,
सर्वँ शान्ति:, शान्तिरेव शान्ति:, सा मा शान्तिरेधि॥
ॐ शान्ति: शान्ति: शान्ति:॥

अर्थ :
हे जगतका परम सत्ता परब्रहम परमेश्वर, शान्ती स्थापित गर्नुहोस् ।
तीनै लोक- जल, धरती र आकाशमा
अन्तरिक्ष, अग्नि, पवन, औषधि, वनस्पति वन, उपवन, सम्पूर्ण विश्व, अवचेतनमा शान्ती राख्नुहोस् ।
जीव मात्रको ह्रदयमा, ममा, तिमीमा शान्ती होस्, जगतको कण कणमा शान्ति होस् ।

ॐ शान्ती शान्ती शान्ती
यजुर्वेदको यो शान्ती पाठ मन्त्रमा सृष्टिका समस्त तत्त्व एवम् कारकबाट शान्ती बनाइराख्न प्रार्थना गरिन्छ । यस मन्त्रबाट सर्वत्र शान्तिको कामनाको गायन हुन्छ- द्युलोकमा शान्ती होस्, अन्तरिक्षमा शान्ती होस्, पृथ्वीमा शान्ती होस्, जलमा शान्ती होस्, औषधिमा शान्ती होस्, वनस्पतिमा शान्ती होस्, विश्वमा शान्ती होस्, सबै देवतागणमा शान्ती होस्, ब्रह्ममा शान्ती होस्, सबैमा शान्ती होस्, चारै तर्फ शान्ती होस्, शान्ती होस्, शान्ती होस्, शान्ती होस् ।

त्यसो त यस मन्त्रको मुख्य ध्येय जगतका समस्त जीव, वनस्पति र प्रकृतिमा शान्ती कायम राख्न यसको प्रार्थना गरिन्छ, परन्तु विशेष गरी हिन्दु सम्प्रदायका मानिस आफ्नो जुनसुकै प्रकारको धार्मिक कृत्य, संस्कार, यज्ञ, आदिको आरम्भ र अन्तमा यस शान्ती पाठका मन्त्रको मन्त्रोच्चारण गर्दछन् ।

स्वस्ति वाचन मन्त्र
ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः। स्वस्ति नः पूषा विश्ववेदाः ॥
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः। स्वस्ति नो बृहस्पतिर्दधातु ॥
ॐ शान्तिः शान्तिः शान्तिः (ऋग्वेद १/८९/६)

अर्थ :
इन्द्रियका स्वामी इन्द्र, जो विभिन्न मायिक रूप धारण गर्दछन्, जो मनको रूपमा इन्द्रियको स्वामी हुन्, उनी हाम्रो कल्याण गरुन् अर्थात् हाम्रो अनुकूल रहुन्, नियन्त्रित रहुन्, किनकि उनी सदैव वर्द्धनशील छन् । विश्वज्ञान, समग्र ज्ञान प्रदाता प्रजापति रूप आदित्य (सूर्य) हाम्रो कल्याण गरुन् । सबै दुःख सङ्कटको अंत गर्ने ज्ञान चक्षुले युक्त देव हाम्रो कल्याण गरुन् । सदैव अज्ञान अन्धकार दूर गरी वृद्धि गर्ने वृहस्पति हाम्रो कल्याण गरुन् ।

विभिन्न स्त्रोतमा शान्ति पाठ:
बृहदारण्यक उपनिषदमा प्रसिद्ध शान्ति मन्त्र छ, जसलाई पवमान मन्त्र या पवमान अभयारोह मन्त्र भनिन्छ ।
ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्माऽमृतं गमय ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

अर्थ :
मलाई असत्यबाट सत्यको मार्ग प्रदान गर्नुहोस् । मलाई अन्धकार बाट प्रकाशको मार्गमा लग्नुहोस् । मलाई मृत्युबाट अमरताको मार्गमा डोर्‍याउनु होस् ।

यो मन्त्र मूलतः सोम यज्ञको स्तुतिमा यजमान द्वारा मन्त्रोच्चारण गरिन्छ । आज यो सर्वाधिक लोकप्रिय मन्त्र भएको छ, जसलाई प्रार्थनाको रूपमा दोहोराइन्छ ।

तैतरीय, कथा, श्वेताश्वर (कृष्ण यजुर्वेद) र मांडूक्य उपनिषद (अथर्ववेद)
ॐ सर्वेशां स्वस्तिर्भवतु ।
सर्वेशां शान्तिर्भवतु ।
सर्वेशां पुर्णंभवतु ।
सर्वेशां मङ्गलंभवतु ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

अर्थ :
हे भगवान्! सबैको कल्याण होस्, सबैको मन शान्त होस्, सबैको भलो होस्, सबैले हर्ष र सम्पन्नता को अनुभव गरुन्, कसैलाई पनि दुखको सामना गर्न नपरोस्। अर्थात् यसबाट हामीलाई यो प्रेरणा मिल्दछ कि संसारमा सबै प्राणी हमेसा खुस रहुन्, कोही पनि दुखी नरहुन् ।

बृहदारण्यक र ईशावास्य उपनिषद
ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते |
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ||
ॐ शान्तिः शान्तिः शान्तिः ||

अर्थ :
सच्चिदानंदन परब्रह्म पुरुषोत्तम परमात्मा सबै प्रकारले सदा सर्वदा परिपूर्ण छन् । यो जगत् पनि उनै परब्रह्मबाट पूर्ण छ किनकि यो पूर्णता उनै पूर्ण पुरुषोत्तमबाट नै उत्पन्न भएको छ । यस प्रकार परब्रह्मको पूर्णताबाट जगत् पूर्ण भएर पनि उ परब्रह्म परिपूर्ण छन् । त्यो पूर्णबाट पूर्णलाई निकाल्दा पनि त्यही पूर्ण नै शेष रहन्छ ।
तैत्तिरीय उपनिषद
ॐ शं नो मित्रः शं वरुणः।
शं नो भवत्वर्यमा।
शं न इन्द्रो बृहस्पति।
शं नो विष्णुरुरुक्रमः।
नमो ब्रह्मणे।
नमस्ते वायो।
त्वमेव प्रत्यक्षं ब्रह्मासि।
त्वामेव प्रत्यक्षम् ब्रह्म वदिष्यामि।
ॠतं वदिष्यामि।
सत्यं वदिष्यामि।
तन्मामवतु।
तद्वक्तारमवतु।
अवतु माम्।
अवतु वक्तारम्।
ॐ शान्तिः शान्तिः शान्तिः॥

अर्थ :
देवता ‘मित्र’ हाम्रो लागि कल्याणकारी हुनुहोस्, वरुण कल्याणकारी हुनुहोस् । ‘अर्यमा’ हाम्रो कल्याण गरुन् । हाम्रो लागि इन्द्र एवं बृहस्पति कल्याणप्रद रहुन् । ‘उरुक्रम’ विष्णु हामी प्रति कल्याणप्रद रहुन् । ब्रह्मलाई नमन छ । वायुदेव तिमीलाई नमस्कार छ । तिमी नै प्रत्यक्ष ब्रह्म हो । अतः तिमीलाई नै प्रत्यक्ष रूपमा ब्रह्म भन्दछु । ऋत बोल्दछु । सत्य बोल्दछु । ती ब्रह्म मेरो रक्षा गरुन् । ती वक्ता आचार्यको रक्षा गरुन् । मेरो रक्षा गरुन् । वक्ता आचार्यको रक्षा गरुन् । त्रिविध तापको शान्ति होस्।
तैत्तिरीय, कथा उपनिषद र श्वेताश्वतर उपनिषद
ॐ सह नाववतु |
सह नौ भुनक्तु |
सह वीर्यं करवावहै |
तेजस्विनावधीतमस्तु मा विद्विषावहै॥
ॐ शान्तिः शान्तिः शान्तिः॥

अर्थ :
परमेश्वर, हामी शिष्य र आचार्य दुवैको साथ-साथ रक्षा गर्नुहोस्, हामी दुवैलाई साथ-साथ विद्याको फल भोग गराउनुहोस्, हामी दुवै एकसाथ मिलेर विद्या प्राप्तिको सामर्थ्य प्राप्त गरौँ, हामी दुवैको पढाई तेजस्वी होस्, हामी दुवैको परस्पर द्वेष नहोस् ।
केन र छंदोग्य उपनिषद
ॐ आप्यायन्तु ममाङ्गानि वाक्प्राणश्चक्षुः
श्रोत्रमथो बलमिन्द्रियाणि च सर्वाणि।
सर्वम् ब्रह्मोपनिषदम् माऽहं ब्रह्म
निराकुर्यां मा मा ब्रह्म
निराकरोदनिराकरणमस्त्वनिराकरणम् मेऽस्तु।
तदात्मनि निरते य उपनिषत्सु धर्मास्ते
मयि सन्तु ते मयि सन्तु।
ॐ शान्तिः शान्तिः शान्तिः॥

अर्थ :
हे परब्रह्म परमेश्वर! मेरा सबै अङ्ग पुष्ट रहुन् तथा मेरो वाणी, नेत्र, कान, बल र सबै इन्द्रियहरू पुष्ट होउन् । यो सबै ब्रह्मज्ञान यिनै उपनिषदहरूमा नै छ । म ती ब्रह्मको, ब्रह्मज्ञानको कदापि उपेक्षा नगरूँ । जसबाट मेरो उपेक्षा नहोस् । उपनिषदमा जुन धर्म छ, त्यो आत्म ज्ञानमा लागेको ममा निहित होस् । हे ब्रह्म! मलाई त्रिविध- शारीरिक, मानसिक तथा वाचिक तापको शान्ति प्रदान गर्नुहवस् ।
ऐतरेय उपनिषद
ॐ वाङ् मे मनसि प्रतिष्ठिता
मनो मे वाचि प्रतिष्ठित-मावीरावीर्म एधि।
वेदस्य म आणिस्थः श्रुतं मे मा प्रहासीरनेनाधीतेनाहोरात्रान्
संदधाम्यृतम् वदिष्यामि सत्यं वदिष्यामि तन्मामवतु
तद्वक्तारमवत्ववतु मामवतु वक्तारमवतु वक्तारम्।
ॐ शान्तिः शान्तिः शान्तिः॥

अर्थ :
मेरा वागिन्द्रिय मेरो मनमा स्थित रहोस् र मन वाणीमा स्थित होस् अर्थात् मेरो वागिन्द्रिय र मन एक-आपसमा अनुकूल रहुन् । हे परमात्मा ! तिमी म समक्ष अविर्भूत होऊ ।
हे वाक र मन ! तिमी म्रेरो लागि वेदलाई लिएर आऊ । मैले श्रवण गरेकोले मलाई परित्याग नगरुन् । आफ्नो यो अध्ययनबाट म रात र दिन को एक बनाउन सकूँ, अर्थात् मेरो अध्ययन सर्वदा चलिरहोस् । म ऋत (वाचिक सत्य) को भाषण गरूँ र सत्य बोलूँ ।
ती ब्रह्म मेरो रक्षा गरुन्; उनी वक्ताको, मेरो र वक्ताको रक्षा गरुन् ।
त्रिविध तापको शान्ति होस ।
मुंडका, मांडूक्य र प्राण उपनिषद
ॐ भद्रं कर्णेभिः श्रुणुयाम देवाः।
भद्रं पश्येमाक्षभिर्यजत्राः
स्थिरैरङ्गैस्तुष्टुवाग्ंसस्तनूभिः।
व्यशेम देवहितम् यदायुः।
स्वस्ति न इन्द्रो वृद्धश्रवाः।
स्वस्ति नः पूषा विश्ववेदाः।
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः।
स्वस्ति नो बृहस्पतिर्दधातु॥
ॐ शान्तिः शान्तिः शान्तिः॥

अर्थ :
हे देववृंद, हामी आफ्नो कानले कल्याणमय वचन सुनौं । याज्ञिक अनुष्ठानका योग्य (यजत्राः) हे देव, हामी आफ्नो आंखाले मंगलमय घटना देख्न पाऊँ । निरोग इन्द्रिय एवं स्वस्थ देहको माध्यमले तपाइको स्तुति गर्दै प्रजापति ब्रह्माद्वारा हाम्रो हितार्थ सय वर्ष अथवा त्यो भन्दा अधिक जो आयु निर्धारित छ त्यो प्राप्त गरौँ । तात्पर्य, हाम्रो शरीरका सबै अङ्ग र इन्द्रिय स्वस्थ एवं क्रियाशील बनिरहुन् र हामी सय वर्ष या त्योभन्दा अधिक लामो आयु पाऔँ ।

गरुड पुराण
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः॥ (गरुड पुराण ३/३७)

अर्थ :
चाहे अपवित्र होस् (जति गन्धा भएपनि) या चाहे गङ्गा स्नान गरेर आएको पवित्र नै किन नहोस् वा जुनसुकै अवस्थामा होस्, जो पुण्डरीकाक्ष (कमलनयन) भगवान् (श्री कृष्ण, राम, शिव आदि कुनै पनि भगवान्) को स्मरण मनबाट गर र अंतःकरण या मन र बाहिरी शरीरबाट शुद्ध र पवित्र बन ।

ऋग्वेद संध्यावन्दना र श्रीमद् भागवत पुराण
ॐ सूर्यश्चमा मन्युश्च मन्युपतयश्च मन्युकृतेभ्यः पापेभ्यो रक्षन्तां यद्रात्र्या पापमकार्षं मनसा वाचा हस्ताभ्यां पद्भ्यामुदरेण शिश्ना रात्रिस्तदवलुम्पतु यत्किञ्चिद्दुरितं मयि इदमहं माममृतयोनौ सूर्य्ये ज्योतिषी जुहोमि स्वाहा॥

अर्थ :
सूर्य, क्रोधका अभिमानी देवता र क्रोधका स्वामी – यी सबै क्रोधवश गरिएको पापबाट मेरो रक्षा गरुन् । मैले रात्रिमा मन, वाणी, हात, खुट्टा, पेट र यौनाङ्ग इन्द्रियबाट जुन पाप गरेको हुन्छु, ती सबैको रात्रिकालाभिमानी देवता नष्ट गरुन् । जुनसुकै पाप ममा विद्यमान छ, हवनको माध्यम द्वारा मेरा समस्त पाप र अहङ्कारको भस्म गर्दछु, यी अभिमान र पापको विधिपूर्वक हवन होस् ।
ॐ अग्निश्चमा मन्युश्च मन्युपतयश्च मन्युकृतेभ्यः पापेभ्यो रक्षन्तां यदह्ना पापमकार्षं मनसा वाचा हस्ताभ्यां पद्भ्यामुदरेण शिश्ना अहस्तदवलुम्पतु यत्किञ्चिद्दुरितं मयि इदमहं माममृतयोनौ सत्ये ज्योतिषी जुहोमि स्वाहा ॥

अर्थ :
अग्नि, क्रोधका अभिमानी देवता र क्रोधका स्वामी – यी सबै क्रोधवश गरिएको पापबाट मेरो रक्षा गरुन् । मैले दिनमा मन, वाणी, हात, खुट्टा, पेट र यौनाङ्ग इन्द्रियबाट जो पाप गरेको छु ती सबैको दिनका अभिमानी देवता नष्ट गरुन् । जति पाप ममा विद्यमान छन्, ती समस्त पाप र अहङ्कार हवनको माध्यमद्वारा भस्म गर्दछु, यिनको राम्रोसँग हवन होस् ।

ऋग्वेद
ॐ विश्वानि देव सवितर्दुरितानि परासुव ।
यद् भद्रं तन्न आ सुव।। (ऋग्वेद ५।८२।५)

अर्थ:
समस्त संसारको उत्पन्न गर्नेवाला (सृष्टि-पालन-संहार गर्नेवाला) विश्वमा सर्वाधिक देदीप्यमान एवं जगतलाई शुभकर्ममा प्रवृत्त गर्नेवाला हे परब्रह्मस्वरूप सवितादेव! तपाई हाम्रा सबै आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक खराबी एवं पापलाई हामीबाट दूर, बहुत दूर लैजानुस; किन्तु जुन भलाई, कल्याण, मङ्गल एवं श्रेय छन्, तिनलाई हाम्रो लागि विश्वका सबै प्राणीको लागि भली-भाँती ल्याइदिनुस् ।

अन्तमा,
वैदिक साहित्य जन्म, जीवन र समाप्तिको पहिचान गराउने र आगमन, कर्म र प्रस्थानलाई सहज र सार्थक बनाउने दैविक गुणको शास्त्र, ज्ञान, कला र सीपको द्रष्टा हो । यसले मानव जीवन र विश्वमा सद्भाव, सहकर्म र सहअस्तित्वका लागि समभाव र समदृष्टि प्रदान गर्दछ । यसै शास्त्रको सहायता र ज्ञानको माध्यमबाट आफ्नो जन्मदिनमा म ,मेरो परिवार, देश र विश्व समुदाय समेत सबैको कल्याणको कामना गर्दछु । जन्म दिनको अवसरमा सृष्टि, सृष्टिदाता र जीवन प्रति धन्य रहनु र कृतज्ञता व्यक्त गर्न पाउनु पनि सौभाग्य हो ।

आ नो भद्राः क्रतवो यन्तु विश्वतोऽदब्धासो अपरीतास उद्भिदः।
देवा नोयथा सदमिद् वृधे असन्नप्रायुवो रक्षितारो दिवेदिवे॥(ऋग्वेद १/८९/१)

हाम्रो वरिपरि चारै तर्फबाट यस्ता कल्याणकारी विचार आइरहुन् जुन कसैसँग नदबुन्, तिनलाई कहीँबाट बाधित गर्न नसकियोस् एवं अज्ञात विषयलाई प्रकट गर्न सक्ने होउन् । प्रगति लाई नरोक्ने वाला र सदैव रक्षामा तत्पर देवता प्रतिदिन हाम्रो वृद्धिको लागि तत्पर रहुन् ।