१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टर उद्धारमा बढीमा २० करोड खर्च भएको गृहमन्त्रीको भनाइ

अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद्का बेला हेलिकप्टरबाट उद्धार गर्दा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण सत्य नभएको बताएका छन्। उनका अनुसार हेलिकप्टर उद्धारको वास्तविक खर्च १४ देखि २० करोड रुपैयाँको हाराहारीमा छ।

बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले सार्वजनिक भएको खर्च विवरण र वास्तविक खर्चबीच मेल नरहेको बताएका हुन्। उनले १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरणले विपद् व्यवस्थापनबारे भ्रम सिर्जना गरेको बताएका छन्।

मन्त्री गुरुङले रसुवाको बाढीपछि अस्थायी शिविरमा बसिरहेका प्रभावित परिवारलाई तत्काल बसोबासका लागि छ महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका छन्। ठूलो परिवारलाई थप दुई हजार रुपैयाँ उपलब्ध गराइने उनले बताएका छन्।

अस्थायी आवासका लागि ५० हजार रुपैयाँ दिने वा तीन लाख रुपैयाँमा जग्गा खरिद गर्नुपर्ने विगतको व्यवस्था व्यावहारिक नदेखिएपछि परिमार्जन गरिएको उनको भनाइ छ। प्रभावित परिवारका लागि छ महिनाभित्र दुई कोठे अस्थायी आवास निर्माण गर्ने र दीर्घकालीन रूपमा व्यवस्थित बस्ती योजनामार्फत पुनर्वास गर्ने योजना रहेको उनले बताएका छन्।

नुवाकोटलगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा उत्पन्न असहज अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको मन्त्री गुरुङले बताएका छन्। त्यस्ता कमजोरी दोहोरिन नदिन सुधार गर्दै प्रभावित परिवारलाई तत्काल भाडामा बस्न रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिएका छन्।

भारी वर्षाको पूर्वसूचनाका आधारमा गरिएको तयारीले ठूलो क्षति रोक्न सघाए पनि मानवीय क्षति हुनु दुःखद भएको उनले बताएका छन्। विपद्को पूर्वतयारीमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गर्न कार्यसमितिमार्फत छुट्टै समिति गठन गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिएका छन्।

0 Comments