२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन

अ+ अ-

झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उनले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताए। उनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन दिए।

छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । मन्त्री कार्कीले सीमा नाकाको निरीक्षण गरी कोभिड–१९ नियन्त्रण अभियानमा कुनै कसुर बाँकी नराखी साधन, स्रोत र जनशक्ति परिचालन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएको जिसस प्रमुख पोर्तेलले जानकारी दिए।

काँकडभिट्टा नाकामा निर्माणाधीन एक हजार क्षमताको होल्डिङ सेन्टर र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सामना गर्दै आएका समस्याका बारेमा मन्त्री कार्कीले सोधपुछ गर्नुभएको पोर्तेलले बताए। नाकामा हाल मेची पुलकै छेउमा नेपाली सेनाले बनाएको तीनवटा टेन्टमा २५ जना क्षमताको होल्डिङ सेन्टर सञ्चालित छ । सेनाले काँकडभिट्टा खेलमैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि काम थालिसकेको छ ।