२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसोलेशन शय्याको अभाव: बेन्चमा सङ्क्रमितको उपचार

अ+ अ-

गोरखा । गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन शय्या नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता बनेको छ । पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरूलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो ।

छ शय्या मात्र आइसोलेशन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । ‘दुई श्ययामा महिला र चार शय्यामा पुरुष सङ्क्रमित छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।’

ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजन दिनु नपर्ने बिरामीहरूलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ ।

दोस्रो चरणको सङ्क्रमण सुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ सङ्क्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ । यसै गरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उनले जानकारी दिए । आज बिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर सङ्क्रमितको उपचार थालिएको उनको भनाइ छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन शय्या निर्माण गरिएको छैन ।

आइसोलेसन शय्या नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० शय्याको आइशोलेसन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिए । अस्पतालको ओपिडी कक्ष नजिकै नयाँ भवन बन्दै गरेको छ । ‘भवन निर्माणको सबै काम त सम्पन्न भएको छैन’, उनले भने, ‘तत्कालकालागि एउटा ब्लगमा ३० शय्यासम्मको आइसोलेशन निर्माण गर्न सकिन्छ कि भनेर पहलगरिरहेका छौँ ।’ जिल्ला अस्पताल भित्र आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० जना पुगेको स्वास्थ्य कार्यकालका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।