२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पेनीलाई चार्टर्ड उडानमार्फत स्वदेश लगिने

अ+ अ-

काठमाडौँ । नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डय प्राधिकरण (क्यान)ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी (३३) जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो ।

स्पेनको राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर काठमाडौँ आउने र यहाँबाट स्पेनी तथा केही युरोपेली नागरिक लिएर फर्कने क्यानका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । बुझिएअनुसार नेपालमा अड्किएका करिब ४० स्पेनी गन्तव्य पुग्ने प्रतिक्षामा छन् । ठूलो जहाज भएकाले युरोपका केही नागरिक पनि घर फर्किने जनाइएको छ ।

कतारका लागि पनि जेठ ८ र ११ गते ९मे २२ र २५ तारिख० का लागि चार्टर्ड उडानको अनुमति दिइएको क्यानले जनाएको छ । चीनको ग्वाङजाओ र कतारको दोहामा सातामा एक उडान नियमित सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । सोहीअनुरुप क्यानले उडान तालिका बनाएको छ ।

नेपालमा रोकिएका विभिन्न मुलुकका विदेशी नागरिकलाई घर फर्काउन नेपाल पर्यटन बोर्डले सहजीकरण गरिरहेको छ । बोर्डले पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन विवरण सङ्कलन गरी सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको छ ।

बोर्डका निर्देशक मणि लामिछानेका अनुसार बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको तथा यसबाट उद्धारका लागि सहयोग पुग्ने जनाइएको छ । बोर्डले होटल क्वारेन्टिनको व्यवस्थापनको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफै पनि सेवा लिन सक्ने जनाएको छ ।

बोर्डले अहिले एयर बबल सम्झौता अनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन् उनीहरुको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताए । यसका अतिरिक्त बोर्डले ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट एण्ड कम्युनिकेसन युनिट’ खडा गरी निषेधाज्ञाको अवधिभर पर्यटको सूचना सङ्कलन गरी सूचना तथा सञ्चार सम्प्रेषणको काम पनि गरेको छ ।

विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडान मार्फत घर फर्काइरहेका छन् ।

अहिले विभिन्न मुलुकबाट नेपाली तथा अन्तरराष्ट्रिय एयरलाइन्सले चाटर्ड, मेडिकल, उद्धार तथा कार्गो उडान धमाधम गरिरहेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दैनिक यस्ता उडान गरिरहेका छन् । यि दुबै एयरलाइन्सको आज क्रमशः सात र चार उडान सञ्चालन भइरहेका छन् ।

नेपालमा कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । यसबीचमा नेपाल र भारतबीचको एयर बबल सम्झौता अनुसार दुबै देशका राष्ट्रिय ध्वजाबाहकले सातामा दुई उडान कायम हुनेगरी उडान सञ्चालन गरिरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् ।