१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा

अ+ अ-

वालिङ । यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘गाउँगाउँमा सङ्क्रमण दर झनै उच्च छ, कोरोनाका लक्षणसँग मिल्ने बिरामी धेरै हुनुहुन्छ’, उनले भने, ‘गाउँगाउँबाट लौ यस्तो समस्या देखियो, बिरामी धेरै हुनुहुन्छ भनेर फोन आउँछ अनि जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुग्छौँ ।’ गाउँमा पुगेर आवश्यकता हेरी एन्टिजेन परीक्षण गर्ने, ज्वरो नाप्ने, अक्सिजनको मात्रा नाप्ने, आवश्यक पर्ने औषधि दिनुका साथै उहाँहरुलाई परामर्श दिने गरिएको उनले बताए ।

नगरपालिकाले नगरका १४ वटै वडामा रहेका आफ्ना नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या हुँदा जुनसुकै बेला अस्पतालसम्म ल्याउनका लागि ‘हाइअलर्ट’मा एम्बुलेन्स र अन्य जीप तयारी अवस्थामा राखेको उनले बताए ।

‘गाउँगाउँमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिनासाथै जतिबेला पनि फोन गर्नुहोला भनेर अत्यावश्यक नम्बर दिएर छाडेका छौँं’, उनले भने, ‘राति १÷२ बजे पनि फोन आउँछ, लौ यो ठाउँमा फलानालाई श्वासप्रश्वासमा समस्या देखियो गाडी एम्बुलेन्स पठाइदिनुपर्यो ।’

नगरपालिकाले गाउँमा स्वास्थ्य परीक्षण तथा औषधि वितरणका लागि दुईवटा टोली गठन गरेर सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए। नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाका अध्यक्ष तथा सदस्य जनप्रतिनिधि गाउँगाउँमै सँगै जाँदा स्वास्थ्यकर्मी तथा बिरामीको हौसला बढ्ने गरेको प्रमुख पाण्डेले अनुभव सुनाए ।

‘गाउँगाउँमा बिरामी हुनुहुन्छ कतिपयले डर, त्रासका कारण आफूमा भएको समस्या लुकाएर राख्ने गर्नाले अर्को समस्या थपिएको छ’, पाण्डेले भने, ‘रोग नलुकाई समयमै सम्पर्क गर्ने, औषधि खाने हो भने बिरामीको ज्यान बचाउन पनि सकिने र अरुलाई सर्ने क्रम पनि घट्ने थियो ।’ स्याङ्जा जिल्लाका एघार पालिकामध्ये हालसम्म वालिङमा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस