२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीमा ५० प्रतिशत कामले पायो निरन्तरता

अ+ अ-

काठमाडौँ । कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ ।

‘महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो’, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने।

उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ । त्यसैगरी अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्यसका लागि भक्तपुरबाट कामदार ल्याउनुपर्ने भएकाले अहिलेका लागि त्यो पनि रोकिएको थापाले जानकारी दिए । त्यस्तै अन्य वडामा सञ्चालनमा रहेको केही विकासका कामले भने निरन्तरता पाएका छन् ।

चालु आवका लागि कामपाको भौतिक पूर्वाधारका लागि रु ३ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये हालसम्म २२ प्रतिशत मात्र खर्च भएको बताइएको छ । थापाले भने, ‘विकास बजेट धेरै खर्च हुने समय चैत, वैशाख, जेठ र असार हो, यही समयमा कोरोना महामारीले थलिएर बस्नु परेको छ त्यसैले विकास खर्च हुन सकेको छैन ।’ कामपाले चालु आवका लागि रु १५ अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो ।