२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

अ+ अ-

काठमाडौँ । नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित ‘नेपाल राष्ट्रिय मण्डप’ चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गरेका हुन्।

एशियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको हाम्रो पछिल्लो नयाँ नक्सासहित नेपालबारे चिनियाँ भाषामा परिचय दिइएको छ ।

नेपालको पर्यटन, कला, संस्कृति, जनजीवन तथा चीनसँगको राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा भएका आदानप्रदानसम्बन्धी फोटोले मण्डपका भित्ता सजाइएको जानकारी दिइएको छ ।

तेलचित्र, थाङ्का, काठ र धातुका मूर्ति, पश्मिना, नेपाली कागजका डायरी, गरगहनालगायतका हस्तकलाका सामग्री मण्डपको प्रदर्शनीस्थलमा रहेको छन्तुका लागि नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेले बताए ।

काठ र ईँटाको मौलिक सजावट रहेको मण्डपमा चिया, खुकुरी रम, रुद्राक्ष, बोधिचित्तका मालालगायतका नेपाली उत्पादनको नमूनासमेत प्रस्तुत गरिएको छ । विशेषगरी नेपाली चियालाई चीनमै पनि बजारीकरण र खपतका लागि यस्ता प्रचारप्रसारबाट ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

बैठक, सभा र सम्मेलनका लागि पनि मण्डपमा स्थान छुट्याइएको नेपाल कल्चर एण्ड टुरिजम इन्भेस्टमेन्ट कम्पनीले जनाएको छ ।

सिछुवान प्रान्तको एक मात्र छन्तु अन्तर्राष्ट्रिय बन्दरगाह क्षेत्रमा एशिया–युरोप राष्ट्रिय पेभिलियन परियोजनाअन्तर्गत् नेपाली मण्डपको निर्माण गरिएको हो । बेइजिङस्थित नेपाली राजदूतावास र छन्तुस्थित महावाणिज्य दूतावाससँगको समन्वयमा नेपाली कम्पनीले नै मण्डप निर्माण गरेको हो ।

कम्पनीका अध्यक्ष ध्रुव पौडेलका अनुसार बेल्ट एण्ड रोड परियोजनाले समेटिएका एशिया तथा युरोपेली मुलुकसँग चीनलाई स्थल एवं समुद्रबाट जोड्ने रेलमार्ग बन्दरगाह क्षेत्रमा ३२ देशका पेभिलियन रहेका छन् । नेपाललाई चीन हुँदै एशिया तथा युरोपेली मुलुकसम्म प्रवर्द्धन गर्न नेपाल मण्डपले सम्बन्ध सेतुको काम गर्नेछ । हालसम्म नेपालसहित १८ मुलुकका पेभिलियन सञ्चालनमा आइसकेका छन् ।

नेपाली मण्डपको उद्घाटन समारोहमा छन्तुका लागि नेपाली महावाणिज्यदूत घिमिरे, सिछुवान प्रान्तको वैदेशिक मामिला कार्यालयका उपप्रमुख चाङ थाओलगायतका चिनियाँ अधिकारी र नेपाली समुदायको सहभागीता थियो ।