३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु

अ+ अ-

खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु भएको छ । यही जेठ ९ गते बसेको पत्रकार महासङ्घको बैठकको निर्णयानुसार जिल्लामा क्रियाशील पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपत्कालीन सहायता कोषमा हप्तादिनमै रु एक लाख ७० हजार ९७६ सङ्कलन भएको हो ।

विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको रु १० लाखको आपत्कालीन सहायता कोषमा हाल स्वेच्छिकरूपमा जिल्ला तथा जिल्लाबाहिरका पत्रकार, जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, अभियानकर्मीलगायतबाट सहयोग प्राप्त भइरहेको पत्रकार महासङ्घले जनाएको । हालसम्म ३५ दाताबाट न्यूनतम रु एक हजार ५०० देखि रु एघार हजार १५० सम्म सहयोग रकम जुटेको पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।

सहयोग रकम पत्रकार महासङ्घको नाममा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा खोलिएको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । पत्रकार महासङ्घको साधारण सदस्य रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अङ्गभङ्ग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा तथा बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी पत्रकार महासङ्घले कोष स्थापना गरेको हो ।

आपत्कालीन उद्धार, उपचार तथा राहतका लागि आपत्कालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको अध्यक्ष खत्रीले बताए। ‘दुर्घटनामा परेका, घाइते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपत्कालीन सहायता कोषको अवधारणा अघि सारिएको हो’, उनले भने, ‘सङ्कटमा परेको अवस्थामा महासङ्घका तर्फबाट थोरै भए पनि सहयोग गर्ने र राहत महसुस गराउने प्रयासस्वरूप रकम सङ्कलनको काम थालिएको हो ।’

आपत्कालीन सहायता कोषका लागि जिल्लाका दशवटै स्थानीय तहमा औपचारिकरूपमा रकम माग गर्ने तयारी गरिएको पत्रकार महासङ्घले जनाएको छ । कोषका लागि जिल्लाभित्र तथा बाहिर रहेर विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाले पनि सहयोग गर्ने वचन दिएको अध्यक्ष खत्रीले बताएका छन् ।