७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच राजनीतिक गठबन्धनले बुझाए ज्ञापनपत्र

अ+ अ-

भादगाउँ । भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार गलत बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न, कोभिडविरुद्ध तत्काल खोपको व्यवस्था गर्न, कोभिडका कारण बिरामी भएका सबै नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधि र उपकरणको व्यवस्थापन गर्न, लकडाउनले अभावसँग जुधिरहेका नागरिकलाई तत्काल राहत दिन, कोभिडविरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्रसेवकको मनोबल उच्च राख्न शत्प्रतिशत भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, लकडाउनका कारण आम विद्यार्थीको शैक्षिक सत्र बिग्रिएकाले वैकल्पिक व्यवस्था गर्न, किसानलाई सहज रूपमा आफ्नो उपज बजारमा लैजान सहजीकरण गर्दै खेतीपातीको यो समयमा मल, बीउबिजनको सहज रूपमा सुपथ मूल्यमा उपलब्ध गराउन, लकडाउनका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायीहरूलाई किस्ता तिर्ने समय थप गर्न र लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुनर्कर्जाको व्यवस्था गर्न, विकास आयोजनाहरूलाई सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गरी आपूर्तिको सहज वातावरण निर्माण गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा एमालेका अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरि नेपालले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पाँचदलको मागसहितको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस