२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग

अ+ अ-

लण्डन । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् ।

बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिइन् । राजधानीबाट इलामसम्म पुर्‍याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लिएका छन् ।

जिल्लामा आइपर्ने विभिन्न दैवीप्रकोपदेखि सीमान्तकृत परिवारलाई आर्थिक एंव अन्य सामग्री सहयोग गर्दै आएको समाजले बेलायतमा छुट्टै परिचय बनाएको छ । परोपकारी कामबाहेक जिल्लालाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन ‘इलाम हाम्रो पहिचान’ नामक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विशेष व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्रसमेत तयार पारेको राईले बताइन् ।