२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दीपुरको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग

अ+ अ-

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो ।

प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा छन् ।

गाउँपालिकाले संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण तथा बन्दीपुर गाउँपालिकाको एकीकृत विकास गुरुयोजना २०७६–२०९६ का दीर्घकालिन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।

सोही सम्बन्धमा जेठ २७ गतेभित्र सबैले गाउँपालिकालाई सुझाव दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । ‘गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौ’, उनले भने, ‘सङ्कलन भएका सुझावहरुलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्छौ ।’ बजेट, नीति तथा कार्यक्रममा सबैको अपनत्व कायम गर्न खोजिएको उनले बताए। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जनताको आवश्यकता र मागका आधारमा आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम बनाइने जानकारी दिए।

स्वास्थ्य संस्थालाई दश लाख
अपाङ्गता भएका व्यक्तिको हितमा काम गर्दै आएको राष्ट्रिय एकीकृत विकास सङ्घ (निडा) ले तनहुँका चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले भानु नगरपालिकाको पुरनडिही नगर अस्पताल, बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पताल, शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भिमाद नगरपालिकाको भिमाद स्वास्थ्य केन्द्रलाई रु दश लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । निडा तनहुँकी दिना गोतामेका अनुसार कोभिड अस्थायी अस्पतालको रुपमा रहेको संस्थाहरुलाई प्रत्येकका लागि ६२ थान पिपिई, पाँच थान अक्सोमिटर र एक थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ ।

स्वास्थ्य सामग्रीको अभावमा विरामी र स्वास्थ्यकर्मीहरुले समस्या झेल्न नपारोस् भन्ने उदेश्यले सहयोग गरेको निडाका अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो । निडा हङकङका नागरिक कादुरीको आर्थिक सहयोगमा गैर सरकारी संस्थाको रुपमा परिचालन हुँदै आएका छ । संस्थाले गोरखाको पालुङटारको आँपपिपल अस्पताल, लमजुङको नमुना सामुदायिक अस्पताल सुन्दर बजारलाई पनि सहयोग गरेको छ ।